default_image

7 years ago

March 16, 2018

रियल विरुद्ध युभेन्टस – च्याम्पियन्स लिगमा अहिलेसम्मको इतिहास

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स लिगको क्वाटर फाइनलको ‘ड्र’ सार्वजनिक भएसँगै युरोपियन फुटबलका दुई महारथी युभेन्टस र रियल म्याड्रिड पुन: एक पटक च्याम्पियन्स लिगमा भिडिने पक्का भएको छ ।

Juventus vs Real

तस्बिर : मिरर

यसअघि च्याम्पियन्स लिगमा युभेन्टस र रियल म्याड्रिड २० पटक भिडिसकेका छन् । अघिल्लो सिजन मात्र रियलले युभेन्टसलाई कार्डिफमा सम्पन्न फाइनलमा ४-१ ले पराजित गर्दै १२ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

अहिलेसम्म युरोपियन कप र च्याम्पियन्स लिगमा गरेर रियलले युभेन्टसलाई ९ पटक पराजित गरेको छ भने २ खेलमा बरबारी छ । त्यस्तै  युभेन्टसको नाममा ८ जित छन् ।

सन् १९६१/६२ मा च्याम्पियन्स लिगलाई युरोपियन च्याम्पियन्स क्लब कप भनिदा यी दुई टोली बीच पहिलो पटक भेट भएको थियो । पहिलो लेगमा रियलको घरेलु मैदानमा युभेन्टसले १-० ले जितेको थियो भने दोस्रो लेगमा रियलले युभेन्टसको घरेलु मैदानमा १-० ले जित्दै बदला लिएपछि पेरिसमा भएको रिप्लेमा रियल ३-१ ले विजयी भएको थियो ।

रियल र युभेन्टसबीच च्याम्पियन्स लिगमा अहिलेसम्मको नतिजा

१९६१/६२ – क्वाटर फाइनल: रियल ०-१ युभेन्टस
१९६१/६२ – क्वाटर फाइनल: युभेन्टस ०-१ रियल
१९६१/६२ – क्वाटर फाइनल: रियल ३-१ युभेन्टस (पेरिसमा सम्पन्न रिप्ले)

१९८६/८७ – राउण्ड अफ १६: रियल १-० युभेन्टस
१९८६/८७ – राउण्ड अफ १६: युभेन्टस १-० रियल (रियलले पेनाल्टीमा ३-१ ले विजयी)

१९९५/९६ – क्वाटर फाइनल: रियल १-० युभेन्टस
१९९५/९६ – क्वाटर फाइनल: युभेन्टस २-० रियल

१९९७/९८ – फाइनल: रियल १-० युभेन्टस

२००२/०३ – सेमिफाइनल: रियल २-१ युभेन्टस
२००२/०३ – सेमिफाइनल: युभेन्टस ३-१ रियल

२००४/०५ – राउण्ड अफ १६: रियल १-० युभेन्टस
२००४/०५ – राउण्ड अफ १६: युभेन्टस २-० युभेन्टस (नियमित समय १-० भएपछि युभेन्टसले अतिरिक्त समयमा २-० बनाएको)

२००८/०९ – समूह चरण: युभेन्टस २-१ रियल
२००८/०९ – समूह चरण: रियल ०-२ युभेन्टस

२०१३/१४ – समूह चरण: रियल २-१ युभेन्टस
२०१३/१४ – समूह चरण: युभेन्टस २-२ रियल

२०१४/१५ – सेमी फाइनल: युभेन्टस २-१ रियल
२०१४/१५ – सेमी फाइनल: रियल १-१ युभेन्टस

२०१५/१६ – फाइनल: युभेन्टस १-४ रियल

‘ड्र’ अनुसार क्वाटरफाइनल समिकरण यस प्रकारको रहेको छ:

बार्सिलोना विरुद्ध एएस रोमा

सेभिया विरुद्ध बायर्न म्युनिख

युभेन्टस विरुद्ध रियल म्याड्रिड

म्यानचेस्टर सिटी विरुद्ध लिभरपुल

(एजेन्सीको सहयोगमा)

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

October 7, 2024

टोटनहम पराजित, चेल्सी र युनाइटेड रोकिए

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) फुटबलमा टोटनहम हट्सपर ब्राइटनसँग पराजित हुँदा म्यानचेस्टर युनाइटेड र चेल्सीले अंक बाँडेका छन् । ब्राइटनको घरेलु मैदानमा आइतवार बेलुका भएको खेलमा टोटनहम ३–२ ले पराजित भयो । ब्राइटनको जितमा यान्कुबा मिन्टे, जर्जिन्हो रुटेर र डानी वेलबेकले समान १ गोल गरे । टोटनहमका लागि ब्रेनन जोनसन र जेम्स म्याडिसनले गोल गरेका […]

Success

Thank you for your time.