7 years ago
March 16, 2018
नियोम (एजेन्सी) – गए राति युरोपा लिगमा युरोपका बलिया मानिने एट्लेटिको म्याड्रिड र आर्सनलले अन्तिम १६ को दोस्रो लेगमा सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् ।
यसै साथ क्वाटरफाइनलको समिकरण पनि पुरा भएको छ भने अन्तिम ८ को ‘ड्र’ आज बेलुका हुनेछ । क्वाटरफाइनलमा इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स, जर्मनी र पोर्चुगलका एकएक टोलीको सहभागिता रहेको छ । त्यस्तै अष्ट्रिया र रुसबाट पनि १-१ टोलीले क्वाटरफाइनल प्रवेश गरेका छन् ।
आर्सनलले ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानलाई समग्रमा ५-१ ले जित्न सफल भएको हो भने एट्लेटिकोले लोकोमोटिभ मस्कोलाई समग्रमा ८-१ ले हरायो । अर्को उपाधि दाबेदार मानिएको बोरुसिया डर्टमन्ड भने अष्ट्रियन टोली साल्जबर्गसँग समग्रमा २-१ ले पराजित हुँदै बाहिरिन पुग्यो ।
त्यसै गरी फ्रान्सबाट मार्से, इटालीबाट लाजियो र पोचुगलबाट स्पोर्टिङ लिस्बोन क्वाटरफाइनल प्रवेश गरेका हुन् । जर्मन टोली आरबी लेपजिग र रसियन टोली सिएसकेए मस्कोले पनि आफ्नो स्थान क्वाटरफाइनलमा सुनिश्चित गरेका हुन् ।
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]