default_image

7 years ago

March 16, 2018

सावित्रा र अनिताले माल्दिभ्स फुटसल खेल्ने

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत लगातार दोस्रो माल्दिभ्सको महिला फुटसलमा खेल्ने भएका छन् । गत सिजन माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका सावित्रा र अनिताले यो सिजन भने पुलिस क्लबबाट खेल्ने भएका छन् । बिहीबारबाट सुरु भइसकेको प्रतियोगिता अप्रिल १५ सम्म चल्नेछ ।

लगातार दोस्रो वर्ष माल्दिभ्समा व्यावसायिक फुटसल खेल्ने मौका मिलेकोमा सावित्राले खुसी व्यक्त गरेकी छिन् । ‘घरेलु प्रतियोगिता पनि अहिले छैन । खाली भएको बेला मौका पाउँदा फिट पनि हुने अनुभव बटुल्ने मौका पनि हुन्छ,’ शुक्रबार माल्दिभ्स जानुअघि सावित्राले भनिन्, ‘थाइल्यान्ड, ब्राजिललगायत अन्य विदेशी खेलाडी पनि हुन्छन् । उनीहरुसँग खेल्दा राम्रो अनुभव हुन्छ । यो अनुभवले राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्न सक्छ । ’

दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सावित्राले गत वर्ष प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन् । एक महिनाका लागि २ हजार अमेरिकी डलरमा सम्झौता भएको पनि सावित्राले हाम्रो खेलकुद डट कमलाई बताइन् । ‘विदेशी क्लबबाट खेल्दा उत्साहित हुनु स्वभावि हो,’ नेपालका लागि १७ अन्तर्राष्ट्रिय गोल गरिसकेकी सावित्राले थपिन्, ‘पहिलो त राम्रो प्रदर्शन गर्दै टोलीलाई सफलता दिलाउने प्रयास हुनेछ । सँगै आफु पनि उत्कृष्ट खेलाडी बन्न प्रयास गर्नेछु । ।’

सावित्रा र अनिताको आउने जानेलगायत त्यहाँ रहँदाका सबै खर्च क्लबले बेहोर्ने छ । ३ वर्ष अघि नेपालकै सजना राणा मगरले पनि उक्त फुटसल लिग खेलेकी थिइन् । पुरुष राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ गत सिजन माल्दिभियन क्लबमा एक सिजन विताएर फर्केका थिए । नेपाली महिला भलिबल खेलाडीले पनि माल्दिभ्सका क्लबबाट खेलिसकेका छन् । गत वर्ष बर्ष भलिबलकी प्रतिभा माली, कोपिला उप्रेती, मञ्जु गुरुङ र अरुणा शाही माल्दिभ्स क्लबबाट खेलेर फर्केका थिए ।

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.