9 years ago
January 16, 2016
पोखरा
तस्बिरहरु – सुदर्शन रञ्जित
अमेरीकाबाट केहि दिनको विदामा स्वदेश आएका युवा चर्चीत फुटवल प्रशिक्षक प्रदिप हुमागाइ यति वेला पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा व्यस्त रहेका छन । अमेरीकामा रहेको वेष्ट ह्याम युनाईटेड क्लवको कि स्टोन एथ्लेटिक्स एकेडेमीमा फुटवल प्रशिक्षण गराउदै आएका हुमागाई एक महिनाको विदामा नेपाल आएको समयलाई स्वयम सेवकको रुपमा सहारा एकेडेमीमा रहेका वालहरुलाई फुटवल खेलको प्राविधिक ज्ञान दिनयति वेलाव्यस्त रहेका हुन।
गत आईतबार एकेडेमिमा आएका हुमागाई आगामी सुक्रबारसम्म एकेडेमीमै रहेका वालकहरुलाई विहान र वेलुका गरी दिनको दुई समयमा फुटवल खेलको प्राविधिक ज्ञान दिदैछन । एएफसीको सी, एएसीको बी, अमेरीकामा मिडफिल्ड क्लिनीक प्रशिक्षक समेत गरेका उनले काठमाण्डौमा विश्वबिद्यालयमा केहि समय प्रशिक्षण गराए पश्चात ४ महिना हिमालयन शेर्पाबाट फुटवल प्रशिक्षकको ईन्टनशिप गरेका थिएभने थ्री स्टार क्लवमा केहि समय प्रशिक्षणको जिम्मेवार समेत सम्हालेका थिए । विगत दुई बर्ष देखि अमेरीकामा रहेका हुमागाईले सहारा क्लवद्धारा संचालित एकेडेमिमा रहेकावालकहरु निकै अनुसासित तथा फुटवल खेल प्रति जिज्ञासु भएको कारणले गर्दा आफुलाई प्रशिक्षण गराउन पाउदा थप हौसला मिलेको समेत उनले बताए । उनले भने“ म नेपालमा विदाको समयमा आउदा यस्ता एकेडेमीहरुमा प्रशिक्षण गराउन पाउनु मेरो लागि गर्वको कुरा हो, यस्तो अभियानलाई मैले जिवन्त राख्ने छु, अर्को पटक नेपाल आउदा कुनै पनि यस्ता एकेडेमीहरुमा मेरो खाँचो छ भने पनि मैले सहयोग गर्न तयार छु ।” थ्रि स्टारलाई लिग विजेता गराउन महत्वपुर्ण भुमिका खेल्दै उत्कृष्ट कोच समेत बन्न सफल भएका हुमागाईले २०५३ साल देखि फुटवल खेलमा लागे पछि विगत ३ बर्ष देखि प्रशिक्षणको भुमिका निभाउदै आएका छन ।थ्रि स्टार सम्हालेको छोटो समयमा उनले लिग विजेता हुदै, आहा रारा गोल्ड कप, उदयपुर गोल्ड कप सहित अन्य उपाधि जिताउन सफलभएकाथिए ।
नेपाली फुटवल खेलमा एन्फा विवाद र खेलाडीको म्याचफिक्सिङको बारेमा खुलेर बिरोध नगरे पनि उनले विदेशमा नेपाली फुटवल खेलको वदनाम भएकोले अब सकरात्मक ढंगले अगाडी बढाउनु पर्ने बताए । उनले भने “फुटवल विकासमा अब सवै सकरात्मक ढंगले सोच्दै अब राम्रो गर्नू पर्दछ ।” एकेडेमीमा रहेका वालकहरुलाई मुख्य प्रशिक्षण गराउदै आएका किरण श्रेष्ठको समन्वयमा विभिन्न प्रशिक्षकहरुबाट समय समयमा यसरी एकेडेमीमा प्रशिक्षण गराउदै आएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । एकेडेमीका रहेका वालकहरुको स्तर उन्नतीगर्नूको साथै नयाँपनदिनको लागि यस्तो प्रशिक्षण आवश्यकभएको आचार्यले बताए । एकेडेमीमा हाल १६ जिल्लाका २६ जना वालकहरु रहेका छन । आहा रारा गोल्ड कपको बचत रकम सहित स्वदेशी तथा विदेशी दाताले दिएको सहयोगले एकेडेमीमा रहेका वालकहरुको भरणपोषण हुदै आएको छ ।
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]