7 years ago
March 15, 2018
बुटवल (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्ति मगर पुन: नेपाली क्लब रुस्लन थ्री स्टारबाट खेल्दै छन् । यसअघि इटहरी गोल्ड कपमा थ्री स्टारसँग फाइनल जितेका विमल त्यसयताको प्रतियोगिताहरुमा थ्री स्टारसँग थिएनन् ।
भारतको मोहन बगानसँग अनुबन्धित विमल त्यसयता थ्री स्टारबाट खेलेका थिएनन् । तर मोहन बगानसँगको सम्झौता आपसी समझदारीमा टुंगिएपछि नेपाल फर्किएका विमल बुटवलमा २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब विरुद्ध मैदानमा उत्रिएका हुन् ।
दोस्रो हाफमा सुशन श्रेष्ठको स्थानमा विमल मैदान प्रवेश गरेका हुन् ।
January 23, 2025
एजेन्सी- साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगमा बुधवार जित हासिल गरेको छ। रियललेसाल्सबर्गलाई ५-१ ले पराजित गर्यो । रोड्रिगो र भिनिसियस जुनियरले समान २ र केलियन एम्बाप्पेले१ गोल गरे । रोड्रिगोले २३ औं र ३४ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २-० को अग्रता बनायो। एमबाप्पेले ४८ औं मिनेटमा गोल गरे। जुनियरले ५५ औं […]
January 22, 2025
काठमाडौं( हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत लिगको अन्तिम खेलमा एपिएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराएको छ। एपिएफ लगातार आठौं जित निकाल्न सफल रहयो। जारी लिगमा आर्मी एपिएफसँग हारेको यो तेस्रो पटक हो। सातदोबाटो स्थित एन्फा खेल मैदानमा भएको खेलमा पहिले अग्रता एपिएफले बनायो। २३ औं मिनेटमा प्रीती राईको […]
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग अन्तर्गत प्लेअफ चरणको खेलहरुको समय पुन: परिवर्तन गरेको छ । यसअघि एन्फाले अन्तिम चरणको खेल तालिका सार्वजनिक गर्दा प्लेअफ चरणका सम्पूर्ण खेलहरु दशरथ रंगशालामा गर्ने सार्वजनिक गरेको थियो । प्लेअफका सबै खेल दिउँसो २ बजे गर्ने एन्फाले तोकेको थियो । तर दशरथ […]