default_image

7 years ago

March 15, 2018

तिलोत्तमा गोल्डकपको सेमिफाइनल – थ्री स्टार र मनाङ भिड्दै

68 views

0 Bookmark

दिपक न्यौपाने

बुटवल– घरेलु फुटबलका दुई चर्चित क्लब रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब तीन साता नबित्दै अर्को नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा भिड्दैछन् । फागुन १७ गते चितवनमा १३ औं टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनल खेलेका यी दुई टोली बिहीबार बुटवलमा २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भिड्दैछन् ।

समान २ उपाधि जितेका यी दुई टोलीबीच यो वर्ष भेट हुन लागेको यो तेस्रो पटक हो । अघिल्ला दुवै भेटमा थ्री स्टार विजयी भएको थियो । माघ १३ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेका यी दुई टोलीको त्यसपछि चितवनमा भेट भएको थियो ।

चितवनमा पनि थ्री स्टार विजयी भएको थियो । तर, फाइनलमा भने टोली एपिएफसँग पराजित भएको थियो । डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्दै पहिलो उपाधि जित्दा थ्री स्टारले इटहरीमा मनाङलाई हराएको थियो । मनाङ भने त्यसपछिका कुनै पनि नकआउट प्रतियोगितामा फाइनल पुग्न सकेको छैन ।

थ्री स्टारले भने इटहरीसहित लगातार ४ वटा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल्यो । जसमा इटहरी र धरानको बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि जित्यो । पुनरागमनपछिको दसौं प्रतियोगिता खेलिरहेको थ्री स्टार र मनाङ दुवैले हेटौंडामा भने राम्रो नतिजा निकाल्न सकेनन् ।

मनाङ इटहरीपछि पोखराको आहा रारा गोल्डकप, बुढासुब्बामा पनि धेरै अघि बढ्न सकेन । भर्खरै झापा गोल्डकपमा दुवै टोली सेमिफाइनल भन्दा अघि बढ्न सकेनन् । कुनै समयमा राजधानीमा यी दुई टोली दशरथ रंगशालामा उत्रदा त्रिुपरेश्वरमा दर्शकको ठूलो घुइचो लाग्ने गरेको थियो ।

मनाङ र थ्री स्टार दुवै वर्षको तेस्रो उपाधिको खोजीमा छन् । मनाङ र थ्री स्टाररसँगै यो सिजन नेपाल पुलिस क्लबले समान २ उपाधि जित्दा त्रिभुवन आर्मी क्लबले भने ७ वटा नकआउट उपाधि जितिसकेको छ । मनाङले चितवनमै जेसिज कप र दुवही गोल्डकपको उपाधि जितेपछि तीन वटा फाइनल गुमाएको थियो । जसमा सताक्षी गोल्डकप, मेत्री नेत्रालय काकररभिट्टा गोल्डकप र इटहरी गोल्ड कप छन् । बाँकी प्रतियोगितामा टोली धेरै अघि बढ्न सकेन ।

थ्री स्टार र मनाङबीचको विजेताले शनिबार नेपाल पुलिस क्लबको सामना गर्नेछ । आयोजक लाली रुपन्देही ११ लाई बुधबार सडन डेथमा हराउँदै पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको विजेता । प्रतियोतिगाको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछ ।

February 8, 2025

पुलिस आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली‌ मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]

February 8, 2025

व्हिल चियर दौडमा सन्तोष र सृजना विजयी

पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

Success

Thank you for your time.