7 years ago
March 14, 2018
दिपक न्यौपाने
बटुवल – आयोजक लाली रुपन्देही ११ लाई बुधबार सडन डेथमा हराउँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोलकिपर रोशन खड्काको उच्च प्रदर्शन र सडन डेथमा रेजिन सुब्बाको गोलबाट विजयी हुँदै पुलिस उपाधि नजिक पुगेको हो ।
शनिबार हुने फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मध्ये एउटासँग प्रतिस्पर्धा गर्नेछ । देविनरस्थित एन्फा टेक्निकल सेन्टरमा निर्धारित ९० मिनेटको गोल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धलेकिएको थियो ।
टाइब्रेकरमा पनि ३–३ को बराबरीपछि सडन डेथमा पुलिस भाग्यमानी बनेको थियो । पुलिसका गोलकिपर रोशनले विपक्षीका तीन वटा पेनाल्टी रोक्न पुलिसलाई अन्तिम दुईको यात्रा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे । सडन डेथमा पुसिका रेजिन गोल गर्न सफल भए भने रुपन्देहीबाट खेलेका झापा ११ का कर्ण लिम्बु गोल गर्न असफल भए ।
टाइब्रेकरमा पुलिसका लागि सुमन लामा, निरकुमार राई र भोला सिलवाल गोल गर्न सफल भए । तेस्रोमा पेनाल्टी हानेका अजित भण्डारीको प्रहारलाई रुपन्देहीका गोलकिपर सोजित गुरुङले रोके भने चौथोमा दीनेश राजवंशीको प्रहार बाहिरियो । उता रुपन्देहीका मनीष घले, छिरिङ गुरुङ र निशान लिम्बुले गोल गरे ।
तेस्रोमा पेनाल्टी हान्ने विश्व अधिकारी, चौथोमा हान्ने निशान लिम्बु र कर्णको प्रहारलाई पुलिसका गोलकिपर रोशनले बचाएका थिए । खेलको ६७ औं मिनेटमा पूर्णबहादुर श्रेष्ठको पासमा कर्णले गोल गर्न नसक्नु रुपन्देहीका लागि महंगो साविक भयो । पुलिसका गोलकिपर रोशन खेलको म्यान अफ दी म्याच घोषित भए । रुपन्देही जिल्ला फुटबल संघको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछ ।
तिलोत्तमा गोल्डकपमा बिहीबारको सेमिफाइनल
थ्री स्टारविरुद्ध मनाङ
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]