7 years ago
March 14, 2018
दिपक न्यौपाने
बटुवल – देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र आयोजक लाली रुपन्देही ११ बीच पहिलो सेमिफाइनल खेल हुँदैछ । आयोजक टोली यसपटक दुई खेल जित्दै अन्तिम चारमा पुगेको थियो भने पुलिसले अर्को विभागिय टोली नेपाल एपिएफ क्लबको चुनौतिलाई समाप्त पारेको थियो ।
यो सिजन सन्तोषजन प्रदर्शन गर्न नसकेको रुपन्देहीले तिलोत्तममाको पहिलो खेलमा सुदूरपश्चिम ११ लाई २–० ले हराएको थियो । त्यस्तै अर्को खेलमा नवलपरासी ११ लाई ३–१ ले हराउँदै रुपन्देहीले सेमिफाइनल यात्रा तय गरेको थियो ।
सोझै क्वार्टरफाइनल खेलेका दुई विभागिय टोलीको प्रतिस्पर्धामा पुलिसले एपिएफलाई १–० ले हराएको हो । पुलिसले यो सिजन दुई उपाधि जितेको छ । माघको सुरुआतमा राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेको पुलिसले पोखरामा आहा रारा गोल्डकपको उपाधि जितेको थियो ।
आजको खेलको विजेताले रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमध्ये एक टोलीसँग फाइनल खेल्नेछ । तिलोत्तमाको विजेताले उपाधिसहित ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछ ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]