default_image

7 years ago

March 12, 2018

झापा गोल्डकप: आर्मीलाई सिजनको सातौं उपाधि

141 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रमपन झापा ११ लाई सडन डेथमा ८-७ ले हराउँदै सिजनको सातौं उपाधि जितेको छ ।

तस्बिर: एनएसजेएफ झापा

झापाले खेलको तेस्रो मिनेटमै फ्रिकिक पाएको थियो । सो फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाऊ गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा विश्वासको क्रसमा कर्ण लिम्बुको प्रयास बाहिरिएको थियो । आर्मीका भरत खवासले पहिलो हाफमा गरेको गोललाई रेफ्रिले अफसाइड दिएपछि खेलमा केहिबेर विवाद उत्पन्न पनि भएको थियो ।

पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ भने दुवै टोलीले एकएक गोल गरे । खेलको ५९ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट कर्ण लिम्बुले गरेको प्रहार गोलमा परिणत भएपछी घरेलु टोली झापाले अग्रता लिएको थियो । त्यस्तै ७९ औं मिनेटमा भरत खवासले गोल फर्काउँदै खेल बराबर परेका थिए । दिनेश हेम्जनको कर्नरमा भरतले गोल गरेका हुन् ।

निर्धारित समयमा अन्य गोल हुन नसकेपछी खेल १५ मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछी खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टी ३-३ भएर खेल सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०-१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८-७ ले बाजी मार्‍यो ।

झापाका गोलकिपर किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो । झापाबाट कर्ण लिम्बु र सुमन मैनाली पनि आफ्नो पेनाल्टीमा चुकेका थिए । अर्को तर्फ, आर्मीको पेनाल्टीमा जितेन्द्र कार्कीको प्रहार बाहिरिएको थियो भने सन्तोष तामाङको पेनाल्टी किशोरले बचाऊ गरेका थिए ।

झापाका लागि भुषण सुब्बा, योगेश गुरुङ, देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, पुजन उपरकोटी, विकास बुढाथोकी र दिलन लोक्तामले आफ्नो पेनाल्टी परिणत गरेका थिए । त्यसैगरी नवयुग श्रेष्ठ, दिपक गुरुङ, विकेश कुथु, दिप लामा, विकास तामाङ, भरत खवास र सुमन अर्याल पेनाल्टीमा चुकेनन् । टंक बस्नेतले दशौं पेनाल्टी परिणत गर्दै आर्मीको उपाधि सुनिश्चित गरेका थिए ।

झापा गोल्डकप मोफसलमा सर्वाधिक पुरस्कारको प्रतियोगिता हो । उपाधि विजेता आर्मीले १२ लाख ५१ हजार पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता झापाले ६ लाख नगद प्राप्त गर्‍यो ।

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.