default_image

7 years ago

March 12, 2018

झापा गोल्डकप फाइनल: आर्मी र झापा ११ भिड्दै

48 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र यो वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब आज उपाधिका लागि भिड्दै छन् ।

पत्रकार सम्मेलनमा दायाँबाट क्रमश :आर्मीका प्रशिक्षक चुनबहादुर थापा, भरत खवास तथा झापाका कप्तान योगेश गुरुङ र प्रशिक्षक प्रवेश कटुवाल । तस्बिर सौजन्य एनएसजेएफ /झापा

वीरगन्जमा विशाल स्मृति जितेको आर्मीले त्यसपछि सताक्षी गोल्डकप, मेची नेत्रालय काकरभिट्टा गोल्डकप, नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप , सिमरा गोल्डकप र हेटौडा गोल्डको उपाधि जितेको थियो । आर्मीले विभागिय टोली नेपाल पुलिस र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । आर्मीका कप्तान भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताएका छन् ।

अर्को तर्फ झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र रुस्लान थ्री स्टार क्लबलाई हराएर फाइनल यात्रा तय गरेको थियो । फाइनलको अघिल्लो दिन आइतबार भएको पत्रकार सम्मेलनमा झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थनको आधारमा फाइनल जित्ने बताए । उनले आर्मी सशक्त टोली भएपछि आफ्नो टोली टेक्निकल गेममा उत्कृष्ट भएकाले उल्लेख गर्दै उपाधि जित्ने दाबी गरे ।

झापा ११ का कप्तान योगेश गुरुङले आयोजकको अनुबन्धनका कारण झापाली खेलाडीमा हौसला बढेकाले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए । उनले उपाधि जितेर झापाली दर्शकको चाहना पुरा गर्ने दावी गरे । त्यसैगरी आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् । आर्मीमा झापामा भन्दा धेरै जना राष्ट्रिय टोलीमा छन् । झापाको टोली बलियो भएपनि सिजनको सातौं उपाधि जित्न टोली सक्षमत रहेको थापाको भनाई थियो ।

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

October 7, 2024

टोटनहम पराजित, चेल्सी र युनाइटेड रोकिए

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) फुटबलमा टोटनहम हट्सपर ब्राइटनसँग पराजित हुँदा म्यानचेस्टर युनाइटेड र चेल्सीले अंक बाँडेका छन् । ब्राइटनको घरेलु मैदानमा आइतवार बेलुका भएको खेलमा टोटनहम ३–२ ले पराजित भयो । ब्राइटनको जितमा यान्कुबा मिन्टे, जर्जिन्हो रुटेर र डानी वेलबेकले समान १ गोल गरे । टोटनहमका लागि ब्रेनन जोनसन र जेम्स म्याडिसनले गोल गरेका […]

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

Success

Thank you for your time.