7 years ago
March 11, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र यो वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब ले उपाधि जित्ने दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा दायाँबाट क्रमश :आर्मीका प्रशिक्षक चुनबहादुर थापा, भरत खवास तथा झापाका कप्तान योगेश गुरुङ र प्रशिक्षक प्रवेश कटुवाल । तस्बिर सौजन्य एनएसजेएफ /झापा
फाइनलको अघिल्लो दिन आइतबार भएको पत्रकार सम्मेलनमा झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थनको आधारमा फाइनल जित्ने बताए । उनले आर्मी सशक्त टोली भएपछि आफ्नो टोली टेक्निकल गेममा उत्कृष्ट भएकाले उल्लेख गर्दै उपाधि जित्ने दाबी गरे ।
प्रशिक्षक कटवालले ओभर एजका कारण स्ट्राइकिङ लाइनमा केही समस्या रहेको बताउँदै त्यसलाई पुर्ती गर्न विश्वास श्रेष्ठलाई यसैबर्षदेखि अनुबन्धन गरेका बताए ।
झापा ११ का कप्तान योगेश गुरुङले आयोजकको अनुबन्धनका कारण झापाली खेलाडीमा हौसला बढेकाले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए । उनले उपाधि जितेर झापाली दर्शकको चाहना पुरा गर्ने दावी गरे ।
आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् । आर्मीमा झापामा भन्दा धेरै जना राष्ट्रिय टोलीमा छन् । झापाको टोली बलियो भएपनि सिजनको सातौं उपाधि जित्न टोली सक्षमत रहेको थापाको भनाई थियो ।
वीरगन्जमा विशाल स्मृति जितेको आर्मीले त्यसपछि सताक्षी गोल्डकप, मेची नेत्रालय काकरभिट्टा गोल्डकप, नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप , सिमरा गोल्डकप र हेटौडा गोल्डको उपाधि जितेको थियो ।
आर्मीका कप्तान भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताए । उनले यो बर्ष अतिरिक्त समय थपिनुपर्ने बताए । निर्धारित ९० मिनेटको खेलमा बराबरी भए सिधै टाइब्रेकरमा लगिने गरेको छ । उनले समय थप गरेर खेलाउन आग्रह पनि गरे ।
झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र रुस्लान थ्री स्टार क्लबलाई हराएर फाइनल यात्रा तय गरेको थियो । आर्मीले विभागिय टोली नेपाल पुलिस र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]