default_image

7 years ago

March 11, 2018

पुलिस तिलोत्तमा गोल्डकपको अन्तिम चारमा

32 views

0 Bookmark

दिपक न्यौपाने

बुटवल – तेज तामाङको गोलमा विजयी हुँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस तिलोत्तमाको अन्तिम चारमा पुगेको हो । अब पुलिसले सेमिफाइनलमा आयोजक लाली रुपन्देही ११ को सामना गर्नेछ ।

Nepal Police Club

नेपाल पुलिस क्लब । फाइल तस्बिर

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको ७२ औं मिनेटमा तेजले गोल गरेका थिए ।  तेजले पेनाल्टी बक्सको नजिकबाट गोल गरेका थिए । तेजनै खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

पुलिसले यो सिजन दुई र एपिएफले एउटा उपाधि जितेका छन् । राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेको पुलिसले पोखरामा आहा गोल्डकपको उपाधि जितेको थियो । एपिएफले केहि दिन अघि चितवनमा विकास रनिङ शिल्डको उपाधि जितेको थियो ।

तिलोत्तमा गोल्डकपमा सोमबारको क्वार्टरफाइनल
थ्री स्टारविरुद्ध फ्रेन्ड्स

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.