9 years ago
January 15, 2016
बाङ्लादेश बिरुद्ध गोल रहित बराबरीको नतिजा निकाल्दै नेपाल उप-बिजेत बन्दै बङ्गबन्धु कपको सेमी फाइनल प्रवेश गरेको छ, त्यस्तै आयोजक बाङ्लादेश समुह बिजेता बन्न सफल भएको छ ।
बाङ्लादेशको बङ्गबन्धु रङशालामा भएको खेलमा पहिलो हाल्फमा नेपाल जवाबी हमलामा सिमित रह्यो ।
घरेलु मैदान मा खेलेको बाङ्लादेश ले पहिलो हाल्फमा अग्रता लिने केहि मौकाहरु गुमायो भने नेपाल को आक्रमण सिमित नै रह्यो ।
सुरु देखी नै पोजेसन मा हावी देखिएको बाङ्लादेश १२औ मिनेट मा बि केस कुथु को उत्कृष्ट एक बिरुद्ध एक बचाउ मा आग्रता लिन बाट असमर्थ रह्यो ।
बाङ्लादेशले एक पछी अर्को प्रयास जारी राख्यो तर उनिहरुको आक्रमणले जाली चुम्न भने सकेन ।
नेपालको लागी भने एक मात्र राम्रो मौका २६ मिनेटमा डि-बक्स नजिकै को फ्री-किक मार्फात आयो तर अदित्य चौदरीले गरेको प्रहार सिधै गोल किपर कोहातमा पर्यो ।
दोस्रो हाल्फको सुरुवातमा नेपालले केहि आक्रमण गर्यो । ५१ मिनेट मा रबिन ले बिराज को क्रस मा गरेको प्रहार पोस्ट माथी बाट बाहिरियो भने त्यस पछीको अन्जनको प्रहारले पनि दिशा लिन सकेन ।
दोस्रो हाल्फमा केहि आक्रामक देखिएको नेपाललाई जवाबी हमला प्रारम्भ गरेको हेमन्तोको पास रोनीले भन्दा नेपाली किपेर बिकेसले जम्मा गर्दै खतराबाट जोगाए ।
खेलको ८३औ मिनेटमा मिड्फिल्डमा बाङ्लादेशको लागी बल खोस्दै राजुले रोनी लाई गरेको सेट अपमा रोनिको बक्स नजिकबाटको प्रहार पोस्ट माथी बाट जादा बाङ्लादेशले पूर्ण ३ अंक लिने मौका उपयोग गर्न सकेन ।
८८ औ मिनेट मा रेहान ले गरेको लामो प्रहार बि केस ले दोस्रो प्रयास मा नियन्त्रण लिदै नेपाल लाई १ अंक दिलाउन मद्धत गरे ।
यस अघी नेपालले श्रीलंका बिरुद्द जित र मलेशिया बिरुध नतिजा निकालेको थियो ।
आज भएको पहिलो खेलमा श्रीलंकाले मलेसियाको फेल्ड युनाईटेडलाई २-१ले पराजित गरेपछि नेपाल सेमीफाइनल यात्रा खेल अघी नै निश्चित भएको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]