7 years ago
March 10, 2018
बिर्तामोड (हाम्रो खेलकुद) – डोमालाल रंगशालामा जारी रमपम झापा गोल्डकपको दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लब मनाङ मर्स्याङ्ग्दी विरुद्ध विजयी भएको छ । यस जितसँगै आर्मी फाइनलमा प्रवेश गरेको छ र उपाधिका लागि रमपम झापा ११ सँग भिडन्त पक्का गरेको छ ।
आर्मीको जितमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले निर्णायक गोल गरे । नवयुगले खेल शुरु भएको दोस्रो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए । उनले पोष्टको दायाँ बार च्याप्दै गरेको प्रहारले डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्ग्दीलाई घर फर्कायो ।
खेलको ४५ औं मिनेटमा टंक बस्नेतले आर्मीका लागि अग्रता दोब्बर पार्ने मौका गुमाएका थिए । त्यस्तै तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको मनाङका लागि खेलको १० औं मिनेटमा भिक्टरले गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । २४ औं मिनेटमा सुजल श्रेष्ठले गरेको क्रसमा विमल राणाले डि बक्समा पाएको बललाई फितलो प्रहार गरेका थिए । ५९ औं मिनेटमा विशाल राईको क्रसमा अञ्जन बिष्टले गरेको हेडर आर्मीका गोलरक्षक बिकेश कुथुले बचाऊ गरेका थिए ।
खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए । उनले नगद २५ हजार रुपैया पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]