7 years ago
March 9, 2018
दिपक बोहोरा
पाँचथर – पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । चैत २५ गते देखि सुरु हुने प्रतियोगितामा ए डिभिजनसहित ९ टोलीको सहभागिता रहने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पाँचथर क्लबको आयोजना हुने प्रतियोगिता बैशाख २ गते सम्म सञ्चालन हुनेछ । नाइन ए साइड फुटबलप्रतियोगितामा ए डिभिजन टोली जावलाखेल युथ क्लब, हेटौडाको विजय युथ, ताप्लेजुङको मिसन युनाइटेड, झापाको बिर्ता युनाइटेड, सुनसरी ११ ,डीएफसी मोरङ, रेडहर्स इलामले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । अघिल्लो संस्करणमा भन्दा विजेताले पाउने क्रममा १ लाख ५ हजार ५ सय ५५ रुपया बृद्धि गरिएको आयोजक क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए ।
प्रतियोगितामा झन्डै २८ लाख रुपैयाँ खर्च हुने क्लबको अनुमान छ । पहिलो संस्करणको उपाधि झापाको बिर्ता युनाइटेडले जितेको थियो ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]