7 years ago
March 10, 2018
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार खेलाडी नेयमार समाचारहरुमा यस सिजनभरि नै रियल म्याड्रिडसँग जोडिएका छन् । पिएसजीले उनलाई यही सिजन १ सय ९८ मिलियन पाउन्डमा भित्राए पनि नेयमारको पेरिसमा समय समाप्तजस्तै देखिन्छ ।
पिएसजीले यस सिजन नेयमार भित्राएका हुन् भने अहिले लोनमा रहेका किलियन बाप्पेलाई पनि पिएसजीले स्थायी रुपमा अनुबन्ध गर्दै छ । बाप्पेलाई पिएसजीले १ सय ६० मिलियन पाउन्ड खर्चिन गइरहेको छ ।
यदि पिएसजीले युएफाको फाइनान्सियल फेयर प्ले अनुरुप चल्ने हो भने उसले नेयमारलाई बेच्नु पर्ने हुन्छ । बाप्पेलाई किनेर नेयमारलाई पनि क्लबमै राखे पिएसजीलाई युएफाले कारबाही गर्ने बताइएको छ । केहि सिजनका लागि खेलाडी नै किन्न नपाउने दण्ड पिएसजीले पाउने सम्भावना हुने छ ।
यस सिजन पिएसजीले च्याम्पियन्स लिग जित्ने सपना बोक्दै नेयमारलाई किनेको थियो । तर यहि साता रियल म्याड्रिडसँग पराजित हुँदै पिएसजीको च्याम्पियन्स लिग यात्रा पनि सकियो । नेयमार भने घाइते भएका कारण सो खेलमा उपस्थिति नै जनाउन पाएनन् ।
नेयमार अझै ३ महिनाका लागि घाइते छन् । यस अवस्थामा अब नेयमारलाई पिएसजीको जर्सीमा फेरि नदेखिने सम्भावना बढ्दो छ । यस सिजनको अन्त्यमा रियलले नेयमारलाई अनुबन्ध गर्ने समाचार कैयौं श्रोतहरुले जानकारी दिएका छन् ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]