7 years ago
March 9, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्ट्राइकर केलियन बाप्पेले कुनै समय प्रिमियर लिगको साविक विजेता चेल्सीमा अभ्यास गरेको धेरैलाई थाहा छैन । व्यावसायिक फुटबलमा जमिसकेका बाप्पेलाई अहिले पनि चेल्सीमा बिताएका पल भने याद छन् ।
पश्चिम लन्डनको क्लबमा बिताएको समय र अनुभवका बारेमा उनले भने, ‘म अहिले पनि युवा छु । त्यति बेला सायद १० वा ११ वर्षेको थिए । म त्यति बेला एक साताको लागि लन्डन गएको थिए । ‘
इङ्ल्यान्डमा बटुलेको अनुभवका बारेमा उले थपे, ‘मैले चेल्सीमा अभ्यास गरे । चाल्टर्न एथलेटिकसँग हामीले मैत्रीपूर्ण खेल खेल्यो । त्यो खेल ६–० वा ७–० ले जितेका थियौं । म अगाडी नै खेलेको थिए । तर मलाई लाग्छ मैले गोल गरिन । देश बाहिर त्यो मेरो पहिलो अनुभव थियो । जहाँ मैले इङ्ल्यान्डको खेल बुझ्ने मौका पाएको थिए ।’
रियल म्याड्रिडसँग अन्तिम १६ मा पराजित हुँदै च्याम्पियन्स लिगबाट पराजित भएपनि पिएसजी जाने आफ्नो निर्णय सहि भएको बाप्पेले बताए । ‘मैले सहि निर्णय गरेको हु । पिएसजी ठूलो क्लब हो र उनीहरुसँग उपाधि जित्न चाहन्छन्,’ उनले भने,’ म पनि सबै उपाधि जित्न चाहन्छु । क्लब र मेरो एउटै उद्देश्य छ । त्यसैले हामी त्यो अवसर सृजनागर्न संयुक्त प्रयास गर्नेछौं ।’
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]