7 years ago
March 9, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका सेन्टर ब्याक जेरार्ड पिकेले बार्सिलोनाका पछिल्लो सबै खेल खेल्दै आएका छन् । तर उनी पूर्ण रुपमा फिट भने छैनन् ।
काटालान डर्बीमा गत फेब्रुअरी ४ मा घुँडाको चोट बोकेपनि मैदानमा देखा परेका पिकेले विश्राम भने पाएका छैनन् । त्यसपछिको बार्सिलोनाको खेलहरुमा पनि पिके घुँडाको चोटका कारण संघर्ष गर्दै गरेको देखिन्छन् ।
पिकेको चोटलाई लिएर बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्दे पनि चिन्तित देखिन्छन् , “पिकेको चोटलाई पूर्ण रुपमा ठिक हुन् २ वा ३ साता लाग्नेछ, तर हामीसँग त्यो समय छैन”, भाल्भर्देले स्पेनिस मिडिया मार्सालाई भने, “पिके चोट बोकेर पनि खेल्न सकेका छन्, त्यसैले हामीले जोखिम उठाएका हौँ ।”
“उनलाई चोट लागेको ठाउँमा थप नलागोस भन्ने हाम्रो कामना हो, अहिलेसम्म केही नराम्रो भएको छैन “, भाल्भर्देले थपे, “त्यसैले हामी उनको चोट बाबजुद उनलाई खेलाउँछौं। “
चेल्सीसँग च्याम्पियन्स लिगको दोस्रो लेग नजिकिदै गर्दा पिकेलाई शनिबार हुने मलागासँगको खेलमा भने विश्राम दिने सम्भावना छ । ला लिगाको पुछारमा रहेको मालागा विरुद्ध थोमस भर्मालेन वा येरी मिना खेल्न सक्ने सम्भावना छ ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]