default_image

7 years ago

March 8, 2018

नारी दिवसको अवसरमा महिला फुटबलर अनु सम्मानित

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको एन्फा महिला कमिटिले महिला राष्ट्रिय टिमका सदस्य अनु लामालाई नगदसहत सम्मानित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अन्तर्राष्ट्रिय महिला फुटबल दिवसको अवसर पारेर कीर्तिमानी गोलकर्ता अनुलाई नगद २५ हजारले सम्मानित गरेको हो । लामालाई महिला कमिटिका अध्यक्ष वृन्दा देवानले रकम हस्तान्तरण गरिन् । लामाले ३५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । चोटका कारण पछिल्लो एकवर्ष यता अनु राष्ट्रिय टोलीमा रहेका छैनन् ।

एसियन फुटबल महासंघ (एएफसी) को वार्षिक कार्यक्रमअनुसार यसवर्ष एएफसीका ३० सदस्य राष्ट्रले अन्तर्राष्ट्रिय महिला फुटबल दिवसलाई पर्वका रुपमा प्रतियोगिता, वर्कसप, स्किल क्लिनिक र सेमिनारहरु गरेर मनाएका छन् ।

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

February 8, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]

Success

Thank you for your time.