7 years ago
March 7, 2018
दिपक न्यौपाने
बुटवल – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करणको आयोजनाको सम्पूर्ण तयारी पुरा भएको रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । बिहीबारबाट सुरु हुने तिलोत्तमा गोल्डकपमा १० टोलीको सहभागिता रहने रुपन्देही एन्फाका अध्यक्ष कुमार केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रतियोगितामा ३ विभागिय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, एपिएफ, लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, रुस्लान थ्री स्टार, सिएमजी क्लब संकटा , फ्रेन्ड्स , कास्की ११, आयोजक लाली रुपन्देही ११ र सुदुरपश्चिम ११ ले प्रतिस्पर्धा गर्नेछन् । एन्फा टेक्निकल सेन्टर देबिनगरमा सन्चालन हुने प्रतियोगिताको उद्घाटन खेल लाली रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख ७७ हजार ७ सय ७७ तथा दोस्रो हुने टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले समान २१ हजार रुपैयाँ पाउनेछन् ।
यशोदा फुड्स प्रा लि मुख्य प्रायोजक
यसैबीच, २० औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबललाई यशोदा फुड्स प्रालीले मुख्य प्रायोजन गरेको छ । बुधबार प्रतियोगिता सम्बन्धि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यशोदा फुड्सका अध्यक्ष चुन्नुप्रसाद पौडेलले तिलोत्तमा जस्तो स्थापित प्रतियोगितासँग जोडिन पाउँदा खुसी लागेको बताए । प्रायोजन सम्झौता एक वर्षको रहनेछ । प्रायोजनपछि रुपन्देहीले लाली रुपन्देहीका नाममा फुटबल प्रतियोगितामा भाग लिनेछ । यशोदा फुड्सले लाली चाउचाउको उत्पादन गर्दै आएको छ ।
तिलोत्तमालाई सहयोग
तिलोत्तमा गोल्डकपका लागि सहगोग जुट्ने क्रम सुरु भएको छ । दोस्रो पुरस्कार ४ लाख ४४ हजार ४ सय ४४ संगम पथ बुटवलका भुपु खेलाडी बिकास गुरुङले प्रदान गर्ने भएका छन् । जापानबाट चेतन बस्नेतले ४ लाख सहयोग गरेको जिल्ला संघले जनाएको छ । भुपु खेलाडी तथा खेलप्रेमीहरु राजेशआर्चाय, रवि श्रेष्ठ, कृष्ण गुरुङ, राजु क्षेत्री, इन्द्र गौचन, सम्शेर थापा, सानु केसीलगायतले आर्थिक सहयोग गरेको बताइएको छ ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]
February 8, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]