9 years ago
January 14, 2016
बंगबन्धु कप अन्तर्गत समुह ‘ए’मा समान ४-४ अंक बोकेर पहिलो र दोश्रो स्थानमा रहेका नेपाल र बंगलादेश भोली ढाकामा भिड्दै छन्|
पहिलो खेलमा मलेसियाको फेल्डा युनाइटेडसंग गोलरहित बराबरी खेलेको नेपालले दोश्रो खेलमा विमल घर्ती मगरको गोलको मद्दतले श्रीलंकालाई १-०ले हराएको थियो| उता घरेलु टोली श्रीलंकाले भने पहिलो खेलमा श्रीलंकालाई ४-२ले हराएको थियो भने दोश्रो खेलमा फेल्डासंग १-१को बराबरी खेलेको थियो|
अधिकांश युवा खेलाडी सहित बंगलादेश पुगेको टोलीको प्रशिक्षकत्व बालगोपाल महर्जनले गर्दै छन्| चोटका कारण पछिल्लो खेल गुमाएका जगजित श्रेष्ठ खेल्ने नखेल्ने अन्यौल रहेको कुरा बुझ्नमा आएको छ|
जित हात पारेमा सेमिफाइनल पक्का रहेको नेपाल र बंगलादेश बिचको खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे बंगबन्धु अन्तराष्ट्रिय रंगशाला, ढाकामा खेलिनेछ|
बंगलादेशविरुद्ध नेपालको विगत
वर्ष प्रतियोगिता नतिजा
१९८४ प्रथम साफ खेलकुद ०–५ हार समूह चरण
१९८४ प्रथम साफ खेलकुद ४–२ जित (फाइनल)
१९८६ दसौं एसियाली खेलकुद ०–१ हार
१९८७ तेस्रो साफ खेलकुद १–० जित
१९९१ पाँचौं साफ खेलकुद ०–२ हार
१९९३ छैठौं साफ खेलकुद १–० जित
१९९५ सातौं साफ खेलकुद १–२ हार
१९९५ दोस्रो सार्क गोल्डकप ०–२ हार
१९९९ दोस्रो साफ च्याम्पियनसिप १–२ हार
१९९९ आठौं साफ खेलकुद ०–१ हार (फाइनल)
२००३ तेस्रो साफ च्याम्पियनसिप ०–१ हार
२००५ चौथो साफ च्याम्पियनसिप ०–२ हार
२०११ सातौ साफ च्याम्पियनसिप १–० जित
२०१२ मैत्रीपूर्ण खेल, काठमाडौं १–१ बराबर
२०१३ एएफसी च्यालेन्ज कप ०–२ हार
२०१३ साफ च्याम्पियनसिप २–० जित
२०१५ मैत्रीपूर्ण खेल ०–१ हार
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]