default_image

7 years ago

March 6, 2018

एएफसी कपमा रोहित सम्मिलित पर्सिजा बराबरीमा रोकियो

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह चरणको तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले भिएत्नामिज टोली सोङ्ग लाम ने आनसँग गोलरहित बराबरी खेलेको छ ।

समूह एच अन्तर्गतको यस खेलमा रोहितले सुरुवाती ११ मा स्थान बनाउँदै पुरा ९० मिनेट खेलेका थिए । भियत्नामिज टोलीका हो सि सामले खेलको ६१ औं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा पर्सिजाले उठाउन नसक्दा टोली बराबरीमै चित्त बुझाउन बाध्य भयो ।

समूहमा तीन खेल खेलेको पर्सिजाको एक जित, एक बराबरी र एक हारसँगै ४ अंक रहेको छ । पर्सिजा समूहमा दोस्रो स्थानमा रहेको छ । छ खेलको समाप्तिसम्म पहिलो स्थानमा उक्लिन सके पर्सिजाले स्वत: सेमिफाइनलमा स्थान बनाउने छ भने समूह एफ, जी र एचको उत्कृष्ट उपविजेताले पनि सेमिफाइनलमा स्थान बनाउने छ ।

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.