default_image

7 years ago

March 6, 2018

झापा गोल्डकपमा मनाङको भाग्य,सहारा बाहिरियो

50 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मनाङ मस्र्याङदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखराको सहारा क्लब पोखरालाई टाइब्रेकर ४–३ गोलअन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो ।

टाइब्रेकरमा सहारा पोखराका भिषण गुरुङको प्रहार बाहिरिएको थियो भने कप्तान समेत रहेका मानबहादुर तामाङको प्रहार मनाङका गोलकिपर दिनेश थापामगरले बचाएका थिए । पेनाल्टीमा मनाङका तर्फबाट सुजल श्रेष्ठ, बिमल बस्नेत, अन्जन बिष्ट, डोना थापाले गोल गरे । सहारा विजय श्रेष्ठ, रन्दिप पौडेल र विशव अधिकारीले मात्र गोल गरे ।

खेल अवधिभर मनाङले बललाई आफ्नो पकडमा राख्न सफल भएपनि गोल गर्ने अवसर भने खेर फालेको थियो । खेलको २२ औं मिनेटमा मनाङका लागि बिदेशी खेलाडी भिक्टोरले डि एरियाभित्र पाएको बललाई पोष्टको दिशा दिन सकेनन् । ३४ औं मिनेटमा मनाङका लागि झापाली खेलाडी विशाल राइले प्रहार गरेको फ्रि किक पोष्ट बार नजिकैबाट बाहिरिएको थियो ।

४९ औं मिनेटमा मनाङका अन्जनको कडा प्रहार सहारा क्लब पोखराका गोलकिपर बाबु मगरले पञ्च गरेर फर्काइदिएका थिए । खेलको ५६ औं मिनेटमा सहारा पोखराका रक्षक बीट भइसकेको अवस्थामा मनाङका बिदेशी खेलाडी भिक्टोरले गरेको प्रहार पोष्टमाथीबाट बाहिरिएको थियो । ८५ औ मिनेटमा अञ्जनको हेडर बाहिरिएपछि जितका लागि मनाङले टाइब्रेकरमा पर्खिनुपरेको थियो ।

त्यसैगरी सहारा पोखराका तर्फबाट खेलको ३६ औं मिनेटमा रिचार्ड पुनले गरेको प्रहार पोष्टमाथीबाट बाहिरिएको थियो । ६१ औ मिनेटमा फुर्वा लामाको प्रहार त्यसैगरी बाहिरिएको थियो । खेल अवधिभर सहाराका ३ र मनाङका १ जना खेलाडीलाई रेफ्री श्याम दनुवारले पहेलो कार्ड देखाएका थिए ।

मनाङका अन्जन खेलको म्यान अफ द म्याच भए । उनले ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको २५ हजार रुपैंया पुरस्कार पाएका थिए । बुधबारको पहिलो क्वाटरफाइनल खेल आयोजक रमपम झापा ११ र सिक्किम युनाइटेड बीच हुने आयोजक समितिले जनाएको छ ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले मनाङलाई निर्धारित समयसम्म रोक्नु सफलता भएको भएपनि टाइब्रेकरमा गोल हुन नसक्नु दुर्भाग्य भएको बताए । उनले आयोजकको ब्यवस्थापन र खेल मैदानको उच्च प्रशंसा समेत गरे । मनाङका प्रशिक्षक शैलेस कर्माचार्यले सहारा पनि राम्रो टीम भएकाले खेल अवधिभर धेरै मुभ बने पनि गोल गर्न नसकेको बताए ।

कर्माचार्यले हावाका कारण पनि बल कन्ट्रोल गर्न मुस्किल परेको बताए । उनले डोमालाल रंगशाला नेपालकै उत्कृष्ट रहेको भन्दै प्रसंसा गरे । आगामी खेलमा अझ सधारे प्रदर्शन गरिने रणनीति लिएको बताए । प्रतियोगिताको विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाउने छ ।

यसैबीच, आयोजक रमपम झापा ११ ले प्रतियोगिताको समापनका अवसरमा ७ जना खेलाडी अनुबन्धन गर्ने भएको छ । बिर्तामोडको सहारा अटोमोवाइल्सले डिफेन्डर देवेन्द्र तामाङ र निगाले सिमेन्टले योगेश गुरुङलाई झापा ११ का लागि अनुबन्धन गरेको हो । बिर्तामोडको कनकाइ फाउण्डेसन, कनकाइ नगरपालिका, प्रदिप इँटा उद्योग, होटल हिकोला हेरिटेज र मनसा सिमेन्टले एक−एकजना खेलाडी अनुबन्धन गर्ने सहमति गरेको झापा गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

अनुबन्धनमा परेका खेलाडीलाई ति कर्पाेरेट हाउसले दुई बर्षसम्म मासिक २५ हजारका दरले पारिश्रमिक उपलब्ध गराउने शर्तमा सहमति गरेको उनले बताए । झापा ११ लाई ब्यवसायिक फुटबल क्लब बनाउन यस्तो शुरुवात गरिएको गिरीले बताए । उनले यो बर्षभित्र झापा ११ का सम्पुर्ण खेलाडीलाई अनुबन्धन गरेर टीममा स्थायित्व दिने जानकारी दिए ।

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.