default_image

7 years ago

March 6, 2018

युनाइटेडको उत्कृष्ट पुनरागमन

43 views

0 Bookmark

लण्डन (एजेन्सी)– निमान्या म्याटिचले इन्जुरी समयमा गोल गरेपछि २ गोलले पछि परेको खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा गएराती क्रिस्टल प्यालेसलाई ३–२ ले हराएको छ ।

एन्ड्रोस टाउनसेन्ड र प्याट्रिक भान आनहोल्टको गोलमा ४८ मिनेटमा प्यालेसले २–० को अग्रता लिएको थियो । ५५ औं मिनेटमा रक्षक क्रिस स्मलिङले एन्टोनियो भ्यालेन्सियाको क्रसमा हेड गोल गर्दै खेलमा फर्काउने कोशिस गरेका थिए । रोमेलु लुकाकुले प्रिमियर लिगमा ९९ औं गोल गरेपछि युनाइटेडले खेलमा २–२ को बराबरी गरेको थियो ।

त्यसपछि प्यालेसका क्रिस्टियन बेन्टेकेको हेडप्रहारलाई युनाइटेडका गोलकिपर डेभिड डी गेयाले रोक्दै टोलीको संकट टारेका थिए । अर्को तिर इन्जुरी समयमा म्याटिचले गोल गर्दै युनाइटेडलाई जित दिलाए । जितपछि युनाइटेड पुनः अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

शीर्षस्थानको म्यानचेस्टर सिटीको ७८, युनाइटेडको ६२ र तेस्रो स्थानको लिभरपुलको ६० अंक छ । २७ अंक मात्र रहेको प्यालेस रेलिगेसन क्षेत्रमा छ ।

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

October 7, 2024

टोटनहम पराजित, चेल्सी र युनाइटेड रोकिए

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) फुटबलमा टोटनहम हट्सपर ब्राइटनसँग पराजित हुँदा म्यानचेस्टर युनाइटेड र चेल्सीले अंक बाँडेका छन् । ब्राइटनको घरेलु मैदानमा आइतवार बेलुका भएको खेलमा टोटनहम ३–२ ले पराजित भयो । ब्राइटनको जितमा यान्कुबा मिन्टे, जर्जिन्हो रुटेर र डानी वेलबेकले समान १ गोल गरे । टोटनहमका लागि ब्रेनन जोनसन र जेम्स म्याडिसनले गोल गरेका […]

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

Success

Thank you for your time.