7 years ago
March 5, 2018
दिपक बोहोरा
पाँचथर– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको निर्वाचन नजिकिदै गर्दा जिल्ला संघले कसको पक्षमा लाग्ने भनेर खुल्न थालेका छन् । चैत १४ गते हुने निर्वाचनका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा अलग अलग समूह बनाएर उत्रेका छन् ।
अहिले दुवै समूह आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्नमा जुटेका छन् । यसैबीच, पूर्वी पहाडी जिल्ला पाँचथरले परिवर्तनका पक्षमा मदतान गर्ने भन्दै शेर्पा समूहलाई सहयोग गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै पाँचथर जिल्ला संघले निर्णय सर्वजनिक गरेको हो ।
झन्डै २ दशक नेृतत्व गरेकाहरुबाट अब नेपाली फुटबलको विकास हुने सम्भावना नदेखेर शेर्पा समूहलाई सहयोग गर्न लागेको एन्फा पाँचथरका अध्यक्ष सुजन नेम्बाङले बताए । ‘फुटबलको विकासको लागि परिर्वतन आवश्यक छ , उनले भने, त्यसैलै पाँचथरको भोट परिर्वत चाहाने पक्षमा जानेछ । पाँचथरबाट एन्फाका पूर्व केन्द्रिय सदस्य सुरेश शाह मतअधिकार प्रतिनिधि हुन् ।
एन्फाका सदस्य जिल्लाबाट ३ प्रतिनिधि रहने छन् जसमध्ये एकजनाको मताधिकार रहनेछ । ४५ जिल्लाबाट समान १, १४ ए डिभिजन क्लबबाट समान १, बी डिभिजन क्लबमध्येबाट ९, सी डिभिजन क्लबबाट ५ तथा चार समिति (खेलाडी, प्रशिक्षक, रेफ्री र महिला) समितिबाट समान १ गरि ७७ जनाले एन्फा निर्वाचनमा मत प्रयोग गर्नेछन् ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]
February 8, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]