default_image

7 years ago

March 4, 2018

नेयमारको सफल शल्यक्रिया, विश्वकप खेल्न पाउलान् ?

37 views

0 Bookmark

बेलो होरिजोन्टे, ब्राजिल (एजेन्सी) – पेरिस सेन्ट-जर्मन(पिएसजी) का स्टार स्ट्राइकर नेयमारको शल्यक्रिया सम्पन्न भएको छ । फ्रान्सको लिग वन अन्तर्गत मार्सेसँगको खेलमा चोट बोकेका नेयमारको बेलो होरिजोन्टेमा ब्राजिल राष्ट्रिय टोलीका चिकित्शकहरुको नेतृत्वमा शल्यक्रिया भएको हो ।

Neymar

शल्यक्रिया पछि नेयमार

“नेयमारको शल्यक्रिया सम्पन्न भएको छ,” ब्राजिल फुटबल संघले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ, “नेयमारको प्रगतिमा हामी ६ हप्तापछि पुनः जानकारी लिनेछौं । हाल उनी मैदानमा फर्कने समय अनुमान गर्न सकिन्न ।”

नेयमारलाई यो चोटबाट मैदानमा फर्किन करिब ३ महिना लाग्ने अनुमान गरिएको छ । नेयमारको शल्यक्रियामा संलग्न चिकित्शकहरुले नेयमार विश्वकपसम्म फर्किने समर्थकहरुलाई विश्वस्त पारेका छन् ।

ब्राजिलले विश्वकपको पहिलो खेल जुन १७ मा स्विट्जरल्याण्ड विरुद्ध खेल्दै छ । समूह ई मा ब्राजिल र स्विट्जरल्याण्डसँगै कोष्टा रिका र सर्बिया पनि रहेका छन् ।

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

October 7, 2024

टोटनहम पराजित, चेल्सी र युनाइटेड रोकिए

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) फुटबलमा टोटनहम हट्सपर ब्राइटनसँग पराजित हुँदा म्यानचेस्टर युनाइटेड र चेल्सीले अंक बाँडेका छन् । ब्राइटनको घरेलु मैदानमा आइतवार बेलुका भएको खेलमा टोटनहम ३–२ ले पराजित भयो । ब्राइटनको जितमा यान्कुबा मिन्टे, जर्जिन्हो रुटेर र डानी वेलबेकले समान १ गोल गरे । टोटनहमका लागि ब्रेनन जोनसन र जेम्स म्याडिसनले गोल गरेका […]

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

Success

Thank you for your time.