7 years ago
March 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी हिरो आइ-लिग अन्तिम अवस्थामा आइपुग्दा लिगमा रोमाञ्च भने कायमै रहेको छ । उपाधि जित्न मिनेर्भा पञ्जाब, नेरोका, मोहन बगान र इष्ट बेंगाल दौडमा रहेका छन् ।
मिनेर्भा पञ्जाब नेपाली गोलकिपर किरण चेम्जोङ सम्मिलित टोली हो । हाल मिनेर्भा १७ खेलमा ३२ अंकसहित तालिकाको अग्रस्थानमा रहेको छ । तर अहिले केहि फितलो नतिजाका कारण मिनेर्भा पञ्जाबलाई उपाधि गुमाउने डर छ । पञ्जाबले आफ्नो अन्तिम खेल चर्चिल ब्रदर्ससँग खेल्ने छ । अघिल्लो पटक पञ्जाब चर्चिल ब्रदर्ससँग २-१ ले हारेको थियो ।
अर्को तर्फ फरवार्ड विमल घर्ती मगर आबद्ध रहेको मोहन बगान १७ खेलमा ३० अंकका साथ तेस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा मोहन बगानले गोकुलमको सामना गर्ने छ । त्यस खेलमा मोहन बगानले जित्नु त पर्ने नै छ, साथै अन्य नतिजा पनि उसको पक्ष्यमा जानु पर्ने हुन्छ । सिजनको अघिल्लो खेलमा मोहन बगान गोकुलमसँग २-१ ले पराजित भएको थियो ।
उपाधि होडमा रहेका अन्य टोली हुन् – नेरोका र इष्ट बेंगाल । यी दुईले एकआपसमा खेल्न पनि बाकीं रहेको छ । नेरोकाको १७ खेलमा ३१ अंक रहेको छ । त्यस्तै इष्ट बेंगालको १६ खेलमा २९ अंक रहेको छ । इष्ट बेंगालले भोलि सिलोङ लाजोङसँग पनि खेल्दै छ ।
मिनेर्भाले उपाधि जित्न के-के हुनु पर्छ?
– मिनेर्भाले आफ्नो अन्तिम खेलमा चर्चिल ब्रदर्सलाई जिते इष्ट बेंगालले नेरोका र सिलोङ लाजोङविरुद्ध जित्नु हुदैन ।
– मिनेर्भाले आफ्नो अन्तिम खेल बराबरी खेले, मोहन बगान गोकुलमसँग हार्नु पर्छ । त्यस्तै नेरोका र इष्ट बेंगालले बराबरी खेल्नु पर्छ र इष्ट बेंगालले सिलोङ लाजोङसँग हार्नु पर्ने छ वा बराबरी खेल्नु पर्ने छ ।
– मिनेर्भाले आफ्नो अन्तिम खेल हारे, नेरोकालाई इष्ट बेंगालले हराउन पर्छ र सिलोङ लाजोङविरुद्ध इष्ट बेंगाल हार्नुपर्छ । अथवा, नेरोका र इष्ट बेंगालले बराबरी खेलेर इष्ट बेंगालले फेरि सिलोङ लाजोङ विरुद्ध हार्नु पर्ने छ वा बराबरी खेल्नु पर्ने छ ।
मोहन बगानले उपाधि जित्न के-के हुनु पर्छ?
– मोहन बगानले आफ्नो अन्तिम खेल जिते, मिनेर्भा आफ्नो खेलमा हार्नु पर्छ र इष्ट बेंगालले नेरोकासँग बराबरी र सिलोङ लाजोङसँग हार्नु पर्ने छ वा बराबरी खेल्नु पर्ने छ ।
– मोहन बगानले अन्तिम खेल बराबर खेल्यो अथवा हार्यो भने उसको उपाधि सम्भावना समाप्त हुने छ ।
February 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । शुक्रवार भएको खेलमा नासरले अल–फेहामाथि ३–० को जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा नासरको जितमा जोन डुरानले २ तथा कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिए । पहिलो हाफमा अन्य गोल […]
February 8, 2025
एजेन्सी – ह्यारी म्यागुएरको निर्णायक गोलमाम्यानचेस्टर युनाइटेडले एफएकपको चौथो चरणमा लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । लेस्टरले शनिवार अग्रता जोगाउन नसक्दा हार बेहोर्नु पर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा म्यागुएरले हेड मार्फत गोल गरे । उनले हेडमार्फत गोल गरेका हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको लेस्टरले बबिन डे कारडोभाको गोलमा ४२ […]
February 8, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- नवीन न्यौपानेनेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी टोली चितवन एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । चितवनले आफ्ना अध्यक्ष सचिन ढकालसँगको तस्वीरसहित सामाजिक सन्जालमार्फत शुक्रवार न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्ति गरेको जनाएको थियो। नयाँ चुनौतीका साथ चितवन एफसीमा आबद्ध भएको न्यौपानेले बताए । ‘चितवनको लक्ष्य पूरा गर्ने प्रयास गर्ने छौ,’उनले भने,’ यसलाई अवसर […]