7 years ago
March 3, 2018
अमृत चिमरिया
हेटौंडा – हेटौंडामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु हुँदा साविक विजेता वडा नं ७ पराजित भएको छ । शनिबार भएको उद्घाटन खेलमा पूर्व विजेता वडा नं १ को पाथिभरा फुटबल क्लबले वडा नं ७ लाई २–१ ले हराएको थियो ।
७ नम्बर फुटबल टिमले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । १६ औं मिनेटमा भुवन बुढाथोकीको पासमा अनिल थापाले ७ नम्बरको लागि गोल गरेका थिए । २३ औं मिनेटमा ७ नम्बरका किरण गुरुङले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
५२ औं मिनेटमा पाथिभराका सुमन लामा गरेको गोल खेलको निर्णायक बन्यो । विजयी टोलीका कृष्ण लामा खेलको म्यान अफ दी म्याच बने ।
प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको प्रतियोगितामा आइतबार १० नम्बर वडा र १५ नम्बर वडाबीच हुनेछ । त्यस्तै अर्को खेल ३ नम्बर र १८ नम्बर वडाको बीचमा हुने आयोजकले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि वडाबीच यो प्रतियोगिता आयोजना हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आउको प्रतियोगिताको नाम यसपटक मेयर कप बनाइएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रतियोगिताको उद्घाटन गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनको अध्यक्षतामा भएको उद्घाटनमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, उद्योग संघ मकवानपुरका अध्यक्षनवराज अर्याल, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना लगायतले बोलेका थिए ।
February 8, 2025
एजेन्सी – ह्यारी केनको दुई गोल बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सहज जित हासिल गरेको छ । शुक्रबार बायर्नले ब्रेमेनविरुद्ध ३–० को जित दिलाएको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा केन सहित लिरोय सानेकोले गोल गरे । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकियो । खेलको ५६औं मिनेटमा केन पेनाल्टी […]
February 8, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]
February 8, 2025
एजेन्सी – ह्यारी म्यागुएरको निर्णायक गोलमाम्यानचेस्टर युनाइटेडले एफएकपको चौथो चरणमा लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । लेस्टरले शनिवार अग्रता जोगाउन नसक्दा हार बेहोर्नु पर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा म्यागुएरले हेड मार्फत गोल गरे । उनले हेडमार्फत गोल गरेका हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको लेस्टरले बबिन डे कारडोभाको गोलमा ४२ […]