default_image

7 years ago

March 3, 2018

उद्घाटन खेलमा झापाको ५ गोल

65 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदूरपश्चिमविरुद्व गोलको वर्षा गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदूरपश्चिमलाई ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

खेलको छैठौँ मिनेटमा झापा ११ का डिफेन्डर देवेन्द्र तामाङले पहिलो गोल गर्दै टोलीको खाता खोलेका थिए । विशाल राईको प्रहार पोस्टमा लागेर रिबाउन्ड भएको बललाई देवेन्द्रले सदुपयोग गरेका थिए । खेलको १४ औँ मिनेटमा झापा ११ का विश्वास श्रेष्ठको प्रहार सुदूरपश्चिमका खेलाडीलाई लागेर आत्मघाती गोल भएको थियो ।

३० औँ मिनेटमा झापा ११ का स्ट्राइकर कर्ण लिम्बूले गोल गर्दै अग्रता तेब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा झापा ११ का भुषण सुब्बाको पासमा खमिरगिल्सन कन्दङ्वाले गरेको प्रहार पनि गोलमा परिणत भएको थियो । खेलको ५२ औँ मिनेटमा योगेश गुरुङले खमिरगिल्सन कन्दङ्वालाई मिलाइदिएको पासलाई झापा ११ का स्ट्राइकर कर्ण लिम्बूले उत्कृष्ट ढंगले गोल गरेका थिए ।

त्यस्तै खेलको १३ औँ मिनेटमा विश्वास श्रेष्ठले डिबक्स नजिकबाट गरेको फ्रि किक प्रहार सुदूरपश्चिमका गोल रक्षक जीवन भट्टराईले उत्कृष्ट बचाउ गरेका थिए । खेलको २२ औँ मिनेटमा कन्दङ्वाको प्रहार पनि गोलरक्षक भट्टराईले बचाउ गरे । खेलको ३७ औँ मिनेटमा झापा ११ का कप्तान योगेश गुरुङको क्रसलाई स्ट्राइकर कर्ण लिम्बूले सदुपयोग गर्न सकेनन् । सुदूरपश्चिमका गोलरक्षक बिट भइसकेको अवस्थामा पनि स्ट्राइकर लिम्बू चुकेका थिए ।

आजको खेलमा झापा ११ का स्ट्राइकर कर्ण लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टिमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछन् ।प्रतियोगितामा नेपालका उत्कृष्ट नौ र भारतको सिक्किम युनाइटेड क्लब गरी १० वटा टिमको सहभागिता रहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएका थिए । उनले खेलकुद महाविद्यालय बनाइने योजना सुनाए । आइतबारको खेल नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच हुने आयोजक समितिले जनाएको छ ।

February 8, 2025

केनको दुई गोलमा बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको दुई गोल बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सहज जित हासिल गरेको छ । शुक्रबार बायर्नले ब्रेमेनविरुद्ध ३–० को जित दिलाएको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा केन सहित लिरोय सानेकोले गोल गरे । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकियो । खेलको ५६औं मिनेटमा केन पेनाल्टी […]

February 8, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]

February 8, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – ह्यारी म्यागुएरको निर्णायक गोलमाम्यानचेस्टर युनाइटेडले एफएकपको चौथो चरणमा लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । लेस्टरले शनिवार अग्रता जोगाउन नसक्दा हार बेहोर्नु पर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा म्यागुएरले हेड मार्फत गोल गरे । उनले हेडमार्फत गोल गरेका‌ हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको लेस्टरले बबिन डे कारडोभाको गोलमा ४२ […]

Success

Thank you for your time.