default_image

7 years ago

March 3, 2018

एपिएफलाई वर्षको पहिलो फुटबल उपाधि,थ्री स्टार पराजित

55 views

0 Bookmark

विनोदबाबु रिजाल
चितवन  – १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

APF celebration

शनिबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी रुस्लान थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै एपीएफले शिल्ड उचालेको हो । गत भदौमा पहिलो जेसीज कपमा फाइनल हारेकै मैदानमा एपीएफले यो सिजनको पहिलो उपाधि जित्यो । यसअघि ४ फाइनल खेलेर पनि एपीएफले एउटा उपाधि पनि जित्न सकेको थिएन ।

नारायणगढको क्याम्पाचौरमा भएको फाइनल खेलमा एपीएफ सुरुदेखि नै आक्रामक देखियो । चौथो मिनेटमा विकु लामाले डीबक्सभित्र श्याम नेपालीबाट पाएको लामो क्रसलाई गोलमा परिणत गरे । त्यसपछि पनि लगातार अवसर सिर्जना गरेको एपीएफले गोल भने गर्न सकेन । निर्णायक गोलकर्ता विकु नै फाइनल खेलको म्यान अफ दी म्याच बने । उनले १० हजार नगद पुरस्कार पाए ।

थ्रीस्टारले पनि पहिलो हाफमा धेरै उत्कृष्ट मुभ बनाएको थियो । १६ औं मिनेटमा विष्णु गुरुङ र १९ औं मिनेटमा सुनिल बलको सशक्त प्रहार क्रसबारमा ठोकिएर फर्किनु नै थ्रीस्टारका लागि दुर्भाग्य सावित भयो । १८ औं मिनेटमा निराजन खड्काले पनि वान भर्सेस वानमा गरेको प्रहार गोल हुन सकेन । २५ औं मिनेटमा एपीएफका रुपबहादुर लामाको सशक्त प्रहार थ्रीस्टारको गोलरक्षक एलेन न्यौपानेले रोके । दोस्रो हाफमा फेरि एपीएफ खेलमा हावी भयो भने थ्रीस्टारले राम्रा मुभ बनाउनै सकेन ।

जितसँगै एपीएफले विकास रनिङ शिल्ड र ५ लाख रुपैयाँ नगद पुरस्कार हात पार्‍यो । दोस्रो भएको थ्रीस्टारले साढे २ लाख पाएको छ । उत्कृष्ट खेलाडी बनेका एपीएफका डिफेन्डर रमेश दंगालले ५० हजार नगद पुरस्कार पाए । फेयर प्लेको उपाधि नारायणगढ फुटबल क्लबले जित्यो । विजेता सबैलाई प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पुरस्कार वितरण गरे ।

जितप्रति एपीएफका प्रशिक्षक रत्नकाजी महर्जन निकै खुसी देखिए । “मेरा केटाहरुले सोचेभन्दा राम्रो खेले”, उनले भने, “सुरुदेखि निकै राम्रो मुभ बनाउँदै बलियो थ्रीस्टारलाई पूरै दबाबमा राख्यो ।” थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीहरुले सक्नेभन्दा ५० प्रतिशत कम खेलेको बताए । “थ्रीस्टारको खेल यो स्तरको होइन”, उनले भने, “केटाहरुले ५० प्रतिशतमात्रै खेले ।

प्रतियोगितामा १२ टिम सहभागी थिए । आयोजक विकास शिल्ड समितिका अध्यक्ष श्याम पियाले आगामी दिनमा पनि यो प्रतियोगितालाई परिमार्जनसहित निरन्तरता दिने बताए ।

 

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

Success

Thank you for your time.