default_image

7 years ago

March 3, 2018

एपिएफले जित्ला वर्षको पहिलो उपाधि ?

74 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – नेपालका तीन विभागिय टोली मध्ये २ यो वर्ष ८ वटा उपाधि जितिसकेका छन् । त्रिभुवन आर्मी क्लबले सर्वाधिक ६ नकआउट उपाधि जित्दा अर्को क्लब नेपाल पुलिस क्लबले २ वटा उपाधि आफ्नो नाममा लेखाइसकेको छ । तर, विभागिय टोलीमा कान्छो नेपाल एपिएफ क्लब यसपटक उपाधि बिहिन छ ।

यस्तोमा एपिएफसँग उपाधि खडेरीलाई चिर्ने आज एउटा अवसर छ । तर, त्यसका लागि टोलीलाई सहज भने पक्कै छैन । एपिएफले नारायणगढको क्याम्पाचौरमा आज हुने विकास रनिङ शिल्डको फाइनल जित्न सके पहिलो उपाधि आफ्नो नाममा लेखाउने छ । तर, त्यसका लागि टोलीले रुस्लान थ्री स्टार क्लबको चुनौति पार गर्नुपर्नेछ । डेढ वर्षपछि घरेलु फुटबलमा लगातार आठौं प्रतियोगिता खेलिरहेको थ्री स्टारलाई हराउन एपिएफलाई सहज भने हुने छैन ।

माघयता एक महिनाको बीचमा ४ वटा फाइनल खेलेको थ्री स्टारले २ वटा उपाधि जितिसकेको छ । यहाँ पनि टोलीले अर्को बलियो टोली लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दीलाई सेमिफाइनलमा सडन डेथमा पार लगाउँदै उपाधि दाबेदार बनेको हो । एपिएफले भने यो सिजन यसअघि ४ फाइनल खेल्दा उपाधि जित्न सकेको छैन ।

यो वर्ष यी दुई टोलीको नतिजा हेर्दा पनि थ्री स्टारको पल्ला भारी छ । इटहरी गोल्डकप र आहारारा गोल्डकप दुवैको क्वार्टरफाइनलमा थ्रीस्टारले एपीएफलाई हराएको थियो । इटहरीमा २–१ र पोखरामा टाई–ब्रेकरमा थ्रीस्टारले जित निकालेको थियो । यो वर्ष फाइनल यी दुई टोली पहिलो पटक खेल्दैछन् ।

आर्मीले सबैभन्दा बढी ६ उपाधि जित्दा, थ्री स्टार, पुलिस र मनाङले यो वर्ष समान २ उपाधि जितेका छन् । थ्री स्टारलाई आज सर्वाधिक सफल टोलीको दोस्रो स्थानमा उक्लने र एपिएफलाई वर्षको पहिलो उपाधि जित्ने मौका छ । थ्री स्टारले पुरानै लय समात्ने कोशिस गरिरहेको प्रशिक्षक मेघराज केसीले बताएका छन् ।

‘त्यसमा हामी धेरै हदसम्म सफल पनि देखिदै छौं’, थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘हामी म्याराथन दौडिने कोशिसमा छौं, अहिले ५–७ किलोमिटर दौडिदा ‘पोजिटिभ साइन’ पाएका छौं ।’एपिएफका प्रशिक्षक रत्नकाजी शाक्यले पनि सफलताको आशा राखेका छन् । ‘हामी पूरा ‘इफोर्ट’ले खेलिरहेका छौं’, एपीएफ प्रशिक्षक रत्नकाजी महर्जनले भने, ‘तर, के मिलेको छैन, सफल हुन सकेका छैनौं । आज सफलताको लागि पुरा प्रयास गर्नेछौं ।’

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

February 8, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]

February 8, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – ह्यारी म्यागुएरको निर्णायक गोलमाम्यानचेस्टर युनाइटेडले एफएकपको चौथो चरणमा लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । लेस्टरले शनिवार अग्रता जोगाउन नसक्दा हार बेहोर्नु पर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा म्यागुएरले हेड मार्फत गोल गरे । उनले हेडमार्फत गोल गरेका‌ हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको लेस्टरले बबिन डे कारडोभाको गोलमा ४२ […]

Success

Thank you for your time.