default_image

7 years ago

March 3, 2018

झापा गोल्ड कप सुरु हुँदै – आयोजक र सुदूरपश्चिम भिड्ने

107 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) –तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार उद्घाटन खेलमा आयोजक झापा ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ । हुनेभएको छ । झापा ११ को आयोजनामा हुने प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ । 

प्रतियोगिताको दोस्रो दिन आइतबार नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ । सोझै क्वार्टरफाइनलमा स्थान पाएका रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबबीच फागुन २१ गते खेल हुनेछ । थ्री स्टार र एपिएफ आज चितवनमा विकास रनिङ शिल्डको फाइनल खेल्दैछन् ।

१० टोलीको सहभागिता रहेको प्रतियोगितामा वाई पाएर क्वार्टरफाइनल पुगेका लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी र सहारा क्लब पोखराबीच फागुन २२ गते प्रतिस्पर्धा हुनेछ । झापा र सुदूरपश्चिमबीचको विजेताले फागुन २३ गते सिधै क्वार्टरफाइनल खेल्ने सिक्किम युनाइटेड एफसीको सामना गर्नुपर्नेछ । त्यस्तै पुलिस र रुपन्देहीबीचको विजेताले फागुन २४ गते त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

यस पटक झापा गोल्ड कपको राशीमा पनि बृद्धि गरिएको छ । यसपटकको विजेताले १२ लाख ५० हजार तथा दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ पाउनेछ । गत वर्षको विजेताले ७ लाख रुपैयाँ प्राप्त गरेको थियो । झापा गोल्डकप यसपटकको मोफसलको सर्वाधिक पुरस्कार राशीको गोल्ड कप हुनेछ ।

माघको पहिलो साता धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको थियो भने माघ दोस्रो साता इटहरीमा सम्पन्न मदन स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

खप्तड गोल्डकप त्रिभुवन आर्मी क्लब र इटहरी गोल्डकप रुस्लान थ्री स्टार क्लबले जितेको थियो । फागुन २८ गते सम्म चल्ने झापा गोल्ड कपमा झन्डै ९७ लाख रुपैयाँ खर्च हुन अनुमान गरिएको छ ।

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

February 8, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]

February 8, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – ह्यारी म्यागुएरको निर्णायक गोलमाम्यानचेस्टर युनाइटेडले एफएकपको चौथो चरणमा लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । लेस्टरले शनिवार अग्रता जोगाउन नसक्दा हार बेहोर्नु पर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा म्यागुएरले हेड मार्फत गोल गरे । उनले हेडमार्फत गोल गरेका‌ हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको लेस्टरले बबिन डे कारडोभाको गोलमा ४२ […]

Success

Thank you for your time.