7 years ago
March 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी हिरो आई-लिगमा नेपाली गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाब चेन्नाई सिटीसँग २-१ ले पराजित भएको छ ।
किरण यस खेलमा पनि सुरुवाती ११ मै परेका थिए । घरेलु टोली चेन्नाई सिटीले खेलको पाँचौं मिनेटमा माइकल सुसाइराजको गोलबाट अग्रता लिएको थियो । पञ्जाबका चेन्चो ग्येल्चेनले टोलीलाई बराबरी दिलाए पनि चेन्नाईका अलेक्जानडर राकिचले दोस्रो हाफमा गोल गर्दै जित सुनिश्चित पारे ।
सो खेल जितेमा पञ्जाब लिग उपाधि जित्ने निकै बलियो स्थितिमा हुन्थ्यो । पञ्जाब तालिकाको अग्रस्थानमा यथावत् छ तर उपाधि जित्न उसलाई अन्य टोलीहरुको नतिजाले पनि साथ दिनु पर्नेछ । पञ्जाबको १७ खेलबाट ३२ अंक रहेको छ । त्यस्तै १७ खेलमा नेरोकाको ३१ अंक छ भने इष्ट बेंगालको १६ खेलमा २९ अंक रहेको छ ।
सिजनको अन्तिम खेलमा मिनेर्भा पञ्जाबले मार्च ८ मा चर्चिल ब्रदर्सको सामना गर्नेछ । उपाधि जित्नका लागि पञ्जाबले सो खेल राम्रो अन्तरले जित्दै अरु नतिजा आफ्नो पक्ष्यमा जाने आशा गर्नु पर्ने हुन्छ ।
February 8, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]
February 8, 2025
एजेन्सी – ह्यारी म्यागुएरको निर्णायक गोलमाम्यानचेस्टर युनाइटेडले एफएकपको चौथो चरणमा लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । लेस्टरले शनिवार अग्रता जोगाउन नसक्दा हार बेहोर्नु पर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा म्यागुएरले हेड मार्फत गोल गरे । उनले हेडमार्फत गोल गरेका हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको लेस्टरले बबिन डे कारडोभाको गोलमा ४२ […]
February 8, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- नवीन न्यौपानेनेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी टोली चितवन एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । चितवनले आफ्ना अध्यक्ष सचिन ढकालसँगको तस्वीरसहित सामाजिक सन्जालमार्फत शुक्रवार न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्ति गरेको जनाएको थियो। नयाँ चुनौतीका साथ चितवन एफसीमा आबद्ध भएको न्यौपानेले बताए । ‘चितवनको लक्ष्य पूरा गर्ने प्रयास गर्ने छौ,’उनले भने,’ यसलाई अवसर […]