7 years ago
March 2, 2018
लन्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा म्यानचेस्टर सिटीले ३-० को प्रभावशाली जित हासिल गरेको छ । जितसंगै सिटीले शिर्षस्थानमा अग्रता थप बलियो बनाएको हो ।
सिटीले सबै गोल पहिलो हाफमा गरेको थियो । बर्नान्डो सिल्भाले १५ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए भने डेभिड सिल्भाले २८ औं मिनेटमा भ्रमणकारी टोलीको अग्रता दोब्बर गरे । लिरोए सानेले ३३ मिनेटमा गोल गर्दै पहिलो हाफको अन्त्यसम्म सिटीलाई ३-० को सहज अवस्थामा पुर्याए ।
दोस्रो हाफमा निकोलस ओटामेन्डीले हेनरिक मिखीतार्यानलाई लडाएपछि पाएको पेनाल्टी मार्फत खेलमा फर्किने अवसर पाएपनि आर्सनलका नँया खेलाडी पिएर्रे-एमेरिक औबामियांगको प्रहार सिटीका गोल किपर एडरसनले बचाए ।
पहिलो स्थानमा रहेको सिटीको २८ खेलमा ७५ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५९ अंक छ । लिभरपुल ५७ अंक सहित तेस्रो स्थानमा छ भने आर्सनलको छैटौं स्थानमा ४५ अंक छ ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]