7 years ago
March 1, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा भेट्रान र युके भेट्रानकाबीच शनिबार मैत्रीपूर्ण फुटबल हुने भएको छ । पोखरा रंगशालामा हुने मैत्रीपूर्ण खेल बाट संकलन हुने रकम सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीको सहयोगार्थ प्रदान गरिने छ ।
बेलायतको दक्षिण पूर्वमा अवस्थित एफसी केन्टमा बसोबास गर्ने नेपाली हरुको क्लब गुखार्ज भेट्रान युके क्लब स्थानिय तहमा बलियो क्लबको रुपमा परिचित छ । उक्त क्लब सन् २०१४ मा स्थापन भएको थियो । बेलायत स्थित गुर्खाज भेट्रान टिमका व्यवस्थापक बद्री सुनुवारले यो प्रतियोगिताले दुवै संस्थाबीच सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने बताए ।
उनले सहारा क्लबले थालेको अभियानमा आफुहरु पनि सरिक हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि सहकार्यका कार्यक्रमहरु लाई निरन्तरता दिने बताए । सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहारा युकेका सल्लाहाकार चन्द्र बहादुर गुरुङ, महासचिब विश्व राज बरालले मैत्रीपूर्ण खेलको महत्व बारे धारणा राखेका थिए ।
पोखरा भेट्रानका तर्फ बाट खेल्ने टोलीमा पूर्व राष्ट्रिय खेलाडी, खेल पत्रकार लगाएत सहभागी रहनेछन् भने टोलीको प्रशिक्षकमा किरण श्रेष्ठ छन् । एफसी केन्ट भेट्रानका खेलाडीले शुक्रबार बगर भाइ खलक संग मैत्रीपूर्ण खेल खेल्ने छ । गुर्खाज भेट्रान्स युकेले गत साता राजधानीमा नेपाली राष्ट्रिय टोलीका कप्तान राजुकाजी शाक्यको नेतृत्वमा नेसनल स्पोर्टस् सेन्टरसँगै मैत्रीपूर्ण फुटबल खेलेको थियो ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]