7 years ago
February 28, 2018
जाकार्ता (एजेन्सी) – एएफसी कप अन्तर्गतको खेलमा रोहित चन्द सम्मेलित पर्सिजा जकार्ताले सिंगापुरको टामपाइन्स रोभर्सलाई ४-१ ले पराजित गरेको छ । पर्सिजाको जितमा नेपाली मिडफिल्डर रोहित चन्दले पुरा समय खेले ।
घरेलु मैदानको खेलमा क्रोसियाका फरवार्ड मार्को सिमिकले ह्याट्रिक गरे । खेलको १२ औं मिनेटमा उनको गोलमा पर्सिजाले अग्रता लिएको थियो । रिजाल्दी हेनाउसाले ४४ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर गरे ।
जेमीले ४८ औं मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि पर्सिजा १० खेलाडीमा सिमित भएको थियो । सिमिकले ७४ औं मिनेटमा पर्सिजालाई तेस्रो गोल दिलाउँदै अग्रता बलियो बनाएपनि भ्रमणकारी टोलीका खैरुल अमरीले ७७ औं मिनेटमा गोल गरेका थिए । रोहितले रोभार्सका खेलाडीले दिएको क्रस हेड मार्फत क्लियर गर्न नसकेपछि पाएको बललाई हेड गर्दै अमरीले गोलमा परिणत गरेका थिए । तर सिमिकले ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेपछि पर्सिजाले सहज जित निकाल्न सफल भयो ।
समूह ‘एच’ मा रहेको पर्सिजाको दोस्रो खेलमा पहिलो जित हो । यसअघि मलेसियन सुपर लिगको विजेता जोहोर दरुल फुटबल क्लबसँग ३-० ले पराजित पर्सिजा समूहको तेस्रो स्थानमा छ । दोस्रो स्थानको जोहोर दरुलको पनि २ खेलमा १ जित छ । समूहको शिर्ष टोलीले सेमिफाइनलमा स्वतः स्थान पाउने छ भने तीन समूह (एफ जी र एच) मध्येको १ उपविजेताले पनि सेमिफाइनलमा स्थान पाउनेछ ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]