default_image

7 years ago

February 28, 2018

नेपाली फुटबल टोलीको तयारी अर्को साता सुरु हुने

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसिया कप २०१९ को छनोट चरणबाट नेपाल बाहिरिसकेको छ । यद्दपी समूह चरणको अन्तिम खेल नेपालले यमनसँग खेल्न बाँकी छ । यमनसँगको खेलका लागि नेपाली टोलीको तयारी अर्को साताबाट सुरु हुने भएको छ ।

फाइल तस्बिर

 

नेपाली राष्ट्रिय टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले आइतबारबाट प्रशिक्षण सुरु हुने बताएका छन् ।नेपाल र यमनबीच चैत १३ गते कतारको दोहामा खेल हुनेछ । जापानी दुतावासमा बुधबार आयोजित कार्यक्रममा कोजीले यमनसँगको खेलका लागि तयारी सुरु गरिने जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मैदानमा नयाँ पूर्वाधार निर्माण र स्तर उन्नतीको सहयोग सम्झौताका जापान सरकार र एन्फाबीच बुधबार सम्झौता भएको थियो । चेन्जिङ रुमको स्तरउन्नती, दर्शकका लागि शौचालय निर्माण र टेक्निकल डाइरेक्टरको कार्यालय निर्माणका लागि जापान सरकारले झन्डै ७४ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको हो ।

समूह ‘एफ’मा रहेको नेपालले छनोटमा एउटा पनि खेल जित्न सकेको छैन । ३ खेल गुमाएको नेपालले २ खेलमा बराबरी गरेको थियो । ९ अंकसहित फिलिपिन्स समूह एफको शीर्षस्थानमा छ भने दोस्रो स्थानको यमन र तेस्रो स्थानको ताजकिस्तानको समान ७ अंक छ । छनोटबाट बाहिरिसकेको नेपालको २ अंक छ ।

February 7, 2025

‘बी’ डिभिजन लिग ३ महिना चल्ने

काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]

February 7, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार फाइनलमा

हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]

February 7, 2025

संकटालाई हराउँदै थन्डरबोल्ट आहा राराको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]

Success

Thank you for your time.