9 years ago
January 13, 2016
जारी बङ्गबन्धु कपमा नेपालले श्रीलंका बिरुद्ध जितको नतिजा निकाल्दै २०१३ को साफ यताको पहिलो जित निकालेको छ ।
बिमल घर्ती मगरको चौथो मिनेटको गोलमा अग्रता लिएको नेपालले निर्धारित समय सम्म उक्त नतिजा कायम राख्दै श्रीलंका बिरुद्ध १-०को नतिजा निकालेको छ । २०१३ को साफमा भारत बिरुद्धको जित पछी यो पहिलो जित हो ।
रबिन श्रेष्ठको दाया बाट आएको पासमा पहिलो टचमा लेफ्ट फूटेड प्रयासमा गरेको बिमलको गोल निर्णायाक सबित भयो ।
जितसँग नेपालको प्रतियोगितामा २ खेलमा ४ अंक संगै नेपाल समुहको सिर्श स्थानमा छ । यस अघिको खेलमा मलेशियाको लिग बिजेता टिम बिरुद्ध नेपाल ले ०-० को नतिजा निकलेको थियो ।
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]