default_image

7 years ago

February 28, 2018

एपीएफ विकास रनिङ शिल्डको फाइनलमा

35 views

0 Bookmark

विनोदबाबु रिजाल
चितवन – सशस्त्र प्रहरी बलको एपीएफ क्लब चितवनको नारायणगढमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सहज जित निकाल्दै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । आगामी १९ गते हुने फाइनलमा प्रवेश गर्न एपीएफले ललितपुरको फ्रेण्ड्स क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्‍यो ।

स्ट्राइकर सन्तोष श्रेष्ठले पहिलो हाफमा दुई गोल र अर्को एक गोलका लागि सुन्दर मौका सिर्जना गरेपछि एपीएफको जित सहज भएको हो । सन्तोषले खेलको १० र १७ औं मिनेटमा गोेल गरे भने ३३ औं मिनेटमा रुपबहादुर लामाको गोलमा अवसर सिर्जना गरिदिए । म्यान अफ दी म्याच बनेका सन्तोषले १० हजार पुरस्कार पाए ।

पहिलो हाफमै ३ गोल खाएको फ्रेण्ड्सले दोस्रो हाफमा एक गोल फर्कायो । उसका लागि उत्कृष्ट खेल देखाएका जोनल ग्लोरीले ६४ औं मिनेटमा एकमात्र गोल गरे । ग्लोरीले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै कयौं अवसर सिर्जना गरेका थिए । तर, उनलाई साथ दिने खेलाडी निस्किएनन् ।

प्रतियोगितामा दोस्रो सेमिफाइनलमा बिहीबार दुई चर्चित ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । मनाङ अघिल्ला दुवै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने थ्री स्टारले गृहटोली नारायणगढ फुटबल क्लबलाई ३–१ गोलले मंगलबार हराएको थियो ।

प्रतियोगिताको फाइनलमा आगामी फागुन १९ गते हुनेछ । विजेताले रनिङ शिल्डसहित ५ लाख र दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

October 7, 2024

टोटनहम पराजित, चेल्सी र युनाइटेड रोकिए

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) फुटबलमा टोटनहम हट्सपर ब्राइटनसँग पराजित हुँदा म्यानचेस्टर युनाइटेड र चेल्सीले अंक बाँडेका छन् । ब्राइटनको घरेलु मैदानमा आइतवार बेलुका भएको खेलमा टोटनहम ३–२ ले पराजित भयो । ब्राइटनको जितमा यान्कुबा मिन्टे, जर्जिन्हो रुटेर र डानी वेलबेकले समान १ गोल गरे । टोटनहमका लागि ब्रेनन जोनसन र जेम्स म्याडिसनले गोल गरेका […]

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

Success

Thank you for your time.