7 years ago
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु कोजी र टेक्निकल डाइरेक्टर ताकेदा चियाकीसँगको सम्झौता १ वर्ष नवीकरण गरेको छ ।
२ वर्षअघि नेपाली टोलीको प्रशिक्षकका रुपमा नियुक्त भएका कोजी र टेक्निकल डाइरेक्टर चियाकीसँगको दुई वर्षे सम्झौताको अन्त्यसंगै एन्फाले सम्झौता नवीकरण गरेको हो । जापानी राजदुताबासमा गरेको पत्रकार सम्मेलनमा एन्फाले सम्झौता सार्वजनिक गरेको हो ।
‘हामीले साफ च्याम्पियनसीप जित्ने लक्ष्य राखेका छौं ‘ , पत्रकार सम्मेलनमा प्रशिक्षक कोजीले बताए । त्यस्तै टोलीमा टेक्निकल र ट्याकटीकल पक्षहरु सुधार गर्ने उनले थपे । कोजीले आफ्नो दुई वर्षे कार्यकालमा टोलीमा केही सुधार भएपनि सोचेजस्तो हुन नसकेको बताए ।
एन्फाका महासचिव धिरेन्द्र प्रधानका अनुसार प्रशिक्षक कोजीको पारिश्रमिक विगतमा जस्तै नेपाल सरकारले उपलब्ध गराउने छ । यसअघि जापान सरकारले बेहोर्ने टेक्निकल डाइरेक्टर चियाकीको पारिश्रमिक अब भने जाइकाले उपलब्ध गराउनेछ ।
नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि जिताएका कोजीले एएफसी कपको छनोट चरणमा पनि नेपाली टोली सम्हालेका छन् । छनोट चरणको समूह ‘एफ’ मा रहेको नेपाल दुई खेलमा बराबरी गर्दै समूहको पुछारमा छ । घरेलु मैदानमा नेपालले यमन र फिलिपिन्सलाई बराबरीमा रोकेको थियो । छनोटको अन्तिम खेलमा नेपालले २७ मार्चमा यमनको सामना गर्नेछ ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]