default_image

7 years ago

February 28, 2018

युसेन बोल्टले ओल्ड ट्राफोर्डमा फुटबल डेब्यु गर्ने

34 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – विश्वको सबैभन्दा तेज धावकका रुपमा चिनिने जमैकाका युसेन बोल्टले आफ्नो फुटबल डेब्यु गर्दै छन् ।

बोल्टले १० जुनमा ओल्ड ट्राफोर्डमा खेलिने स्कर एड नामको च्यारिटी खेलमा विश्व ११ को नेतृत्व गर्ने छन् । सकर एडको खेलमा विश्वका कैयौं सेलिब्रेटी खेलको हिस्सा हुने गर्छन् । त्यस्तै बोल्टको टोलीले इंग्ल्यान्डको सामना गर्ने छ जसको नेतृत्व गायक रबि विलियम्सले गर्ने छन् ।

८ पटकका ओलम्पिक स्वर्ण विजेता बोल्टले यसअघि पनि व्यवसायिक फुटबल खेल्ने इच्छा व्यक्त गरेका थिए । उनको मनपर्ने क्लब म्यानचेस्टर युनाइटेड भएकाले सो क्लबबाट खेल्न आफु इच्छुक रहेको बताएका थिए । अब यस च्यारिटी खेलमार्फत उनले युनाइटेडकै घरेलु मैदानमा आफ्नो फुटबल डेब्यु गर्ने छन् जुन एउटा संयोग पनि हो ।

विगतमा सकर एड खेलले करिब २४ मिलियन युरो संकलन गरिसकेको छ । रोनाल्डिन्हो, म्याराडोना, एलेन शेयरर जस्ता महान् फुटबल खेलाडीहरु यस खेलको भाग भइसकेका छन् भने हलिवुडका केहि चर्चित नामहरुले पनि यस खेलमा सहभागी भएका छन् ।

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजना दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता असोज ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

October 7, 2024

टोटनहम पराजित, चेल्सी र युनाइटेड रोकिए

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) फुटबलमा टोटनहम हट्सपर ब्राइटनसँग पराजित हुँदा म्यानचेस्टर युनाइटेड र चेल्सीले अंक बाँडेका छन् । ब्राइटनको घरेलु मैदानमा आइतवार बेलुका भएको खेलमा टोटनहम ३–२ ले पराजित भयो । ब्राइटनको जितमा यान्कुबा मिन्टे, जर्जिन्हो रुटेर र डानी वेलबेकले समान १ गोल गरे । टोटनहमका लागि ब्रेनन जोनसन र जेम्स म्याडिसनले गोल गरेका […]

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

Success

Thank you for your time.