default_image

7 years ago

February 27, 2018

झापा गोल्डकप- उद्घाटन खेलमा आयोजक र सुदूरपश्चिम भिड्ने

85 views

0 Bookmark

सबिन शेर्मा
झापा – यसै साता सुरु हुने तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक झापा ११ र सुदूरपश्चिम ११ बीच हुनेभएको छ । प्रतियोगिता शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुनेछ ।

आयोजक झापा ११ ले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको दोस्रो दिन फागुन २० गते नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ । सोझै क्वार्टरफाइनलमा स्थान पाएका रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबबीच फागुन २१ गते खेल हुनेछ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगितामा वाई पाएर क्वार्टरफाइनल पुगेका लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच फागुन २२ गते प्रतिस्पर्धा हुनेछ ।झापा र सुदूरपश्चिमबीचको विजेताले फागुन २३ गते सिधै क्वार्टरफाइनल खेल्ने सिक्किम युनाइटेड एफसीको सामना गर्नुपर्नेछ । त्यस्तै पुलिस र रुपन्देहीबीचको विजेताले फागुन २४ गते त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

यस पटक झापा गोल्ड कपको राशीमा पनि बृद्धि गरिएको छ । यसपटकको विजेताले १२ लाख ५० हजार तथा दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ पाउनेछ । गत वर्षको विजेताले ७ लाख रुपैयाँ प्राप्त गरेको थियो । झापा गोल्डकप यसपटकको मोफसलको सर्वाधिक पुरस्कार राशीको गोल्ड कप हुनेछ ।

माघको पहिलो साता धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको थियो भने माघ दोस्रो साता इटहरीमा सम्पन्न मदन स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

खप्तड गोल्डकप त्रिभुवन आर्मी क्लब र इटहरी गोल्डकप रुस्लान थ्री स्टार क्लबले जितेको थियो । फागुन २८ गते सम्म चल्ने झापा गोल्ड कपमा झन्डै ९७ लाख रुपैयाँ खर्च हुन अनुमान गरिएको छ ।

February 7, 2025

‘बी’ डिभिजन लिग ३ महिना चल्ने

काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]

February 7, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार फाइनलमा

हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]

February 7, 2025

संकटालाई हराउँदै थन्डरबोल्ट आहा राराको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]

Success

Thank you for your time.