default_image

7 years ago

February 27, 2018

मार्टिन्सको ह्याट्रिकमा थ्री स्टार विकास रनिङ शिल्डको सेमिफाइनलमा

40 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब १३ औं टुबोर्ग विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नारायणगढस्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा मंगलबार नारायणगढ फुटबल क्लबलाई ३–१ ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

फाइल तस्बिर

पुसबाट घरेलु फुटबलमा फर्केको थ्री स्टारको जितमा विदेशी खेलाडी अजय मार्टिन्सले ह्याट्रिक पुरा गरेका थिए । नारायणगढका लागि १५ औं मिनेटमा राजेश परियारले गोल गर्दै अग्रता दिलाएपनि मार्टिन्सले २७ औं मिनेटमा बराबरी गोल गरे । उनले ३९ औं र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपमार्फत झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा फर्केयता थ्री स्टारको यो सातौं प्रतियोगिता हो । मोफसलका ४ प्रतियोगितामा लगातार फाइनल खेलेको थ्री स्टारले २ उपाधि जितेको थियो । मदन स्मृति इटहरी गोल्डकप र धरानको बुढासुब्बा रेडबुल गोल्डकप जितेको थ्री स्टारले आहा रारा गोल्डकप र नवौं सिमरा गोल्डकपमा उपविजेताका रुपमा चित्त बुझाएको थियो । टोली खप्तड र हेटौडा गोल्डकपमा भने फाइनल पुग्न सकेन ।

थ्री स्टारले अब विकास गोल्डकपको सेमिफाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ् मस्र्याङ्दीको सामना गर्नेछ । मनाङले यो सिजन चितवनमा जेसिज कप र दुहबी गोल्ड कप जितेको थियो ।

विकास रनिङ शिल्डको पहिलो सेमिफाइनल बुधबार
फ्रेन्ड्सविरुद्ध एपिएफ

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

September 29, 2024

गोर्खा ब्वाइज झरना रनिङ शिल्डको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]

Success

Thank you for your time.