7 years ago
February 26, 2018
विनोदबाबु रिजाल
चितवन – ए डिभिजन क्लब फ्रेन्ड्स १३ औं टुबार्ग विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।
चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा सोमबार फ्रेन्ड्स र आमीले नियमित समयमा १–१ को बराबरी खेलेपछि निर्णायार्थ खेल टाइब्रेकरमा पुगेको थियो । तर, टाइब्रेकरमा पराजित हुँदै यो सिजन ६ नकआउट उपाधि जितिसकेको आर्मी पहिलो खेलबाट बाहिरिएको छ ।
आर्मीले शनिबार मात्र हेटौडा गोल्डकपको उपाधि जितेको थियो । पेनाल्टी सुटआउटमा आर्मीका ३ खेलाडी गोल गर्नबाट चुके भने फ्रेण्ड्सका ३ जनाले गोल गरे । यसअघि खेल सुरु भएको तेस्रो मिनेटमा विदेशी खेलाडी जोनल ग्लोरीले गोल गर्दै फ्रेण्डसले अग्रता लिएको थियो ।
निरन्तर दबाब दिइरहेको आर्मीका कप्तान प्रिन्स कार्कीले १८ औं मिनेटमा फ्रि किकमार्फत आकर्षक गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।आर्मीले टोलीका स्टार खेलाडी भरत खवास, नवयुग श्रेष्ठ, गोलकिपर विकेश कुथुलाई आराम दिएको थियो । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
विकास रनिङ शिल्डमा मंगलबारको क्वार्टरफाइनल
रुस्लान थ्री स्टार क्लबविरुद्ध नारायणगढ फुटबल क्लब
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]
September 29, 2024
हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]
September 29, 2024
सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]