default_image

7 years ago

February 26, 2018

किरणको टोली जितसँगै आइ लिगको शीर्षस्थानमा

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) सोमबार महत्वपूर्ण जित हासिल गरको छ । ऐजावललाई सोमबार २–० ले हराउँदै किरणको टोली आइ लिगको शीर्षस्थानमा पुनः उक्लेको छ ।

फाइल तस्बिर

यो जितपछि मिनेर्भाको उपाधि दौड थप मजबुत बनेको छ । अन्तिम दुई चरणको खेल बाँकी रहँदा मिनेर्भाको ३२ अंक पुगेको छ । मिनेर्भाभन्दा १ खेल बढी खेल खेलेको नेरोका ३१ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै २९ अंकसहित इष्ट बंगाल तेस्रो र नेपाली राष्ट्रिय टोलीका अर्का सदस्य विमल घर्तीमगरको मोहन बगान २४ अंकसहित चौथो स्थानमा छ । छैटौं स्थानमा रहेको ऐजावलको २१ अंक छ ।

सोमबार किरण पहिलो रोजाइमा परेको खेलमा मिनेर्भाले दुवै गोल दोस्रो हाफमा गरको थियो । आकाश सांगवनले ५० औं मिनेटमा गोल गरेका थिए । इन्जुरी समयको पाँचौं मिनेटमा बाजी अर्मान्डले गोल गर्दै मिनेर्भाको जित पक्का गरेका थिए । किरण पुगेयता मिनेर्भाको त्यो सातौं खेल थियो । गत साता भने टोली गोकुलम केरेलासँग १–० ले पराजित भएको थियो ।

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

September 29, 2024

गोर्खा ब्वाइज झरना रनिङ शिल्डको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]

Success

Thank you for your time.