7 years ago
February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) सोमबार ऐजावलको सामना गर्दैछ । आजको खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
आइ लिग अन्तिम चरणमा पुग्दा उपाधि होड पनि रोचक बन्दै गएको छ । गत साता गुकोलम केरेलासँगको खेलमा १–० हारसँगै शीर्षस्थान उक्लनबाट बञ्चित भएको थियो । आजको खेल जित्न सके मिनेर्भा पुनः शीर्षस्थानमा उक्लनेछ । ऐजावल आइ-लिगको साविक विजेता पनि हो ।
मिनेर्भा १५ खेलमा २९ अंकसहित हाल तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको दोस्रो स्थानको इष्ट बंगालको पनि समान २९ अंक छ । १७ खेल खेलेको निरोका ३१ अंकसहित शीर्षस्थानमा रहेको छ । १० टोलीको सहभागिता रहेको ऐजावल २१ अंकसहित छैटौं स्थानमा रहेको छ । किरण गएयता मिनेर्भाको यो सातौं खेल हो ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]