7 years ago
February 26, 2018
बार्सिलोना (एजेन्सी)– ला लिगामा बार्सिलोनाले शनिबार राती जीरोनाविरुद्ध उच्च प्रदर्शन गर्यो । त्यो खेलमा बार्सिलोनाले ६–१ सहजै जितेको थियो । जनवरीमा लिभरपुलबाट क्लब पुगेका फिलिपे कौटिन्होले पनि गोलकर्तामा आफ्नो नाम लेखाए ।
ब्राजिलियनले बार्सिलोनाको परिस्थितिमा आफुलाई घुलमिल गर्न केहि समय लिए र सुरक्षित हुँदै खेले । कौन्टिहोले पनि आफु विस्तारै क्लबको परिस्थितिसँग घुलमिल हुँदै गएको मानेका छन् । शनिबारको खेलपछि काउटिन्होले भने, ‘बार्सिलोना फरक छ । बलसँग हामीले धेरै खेल्नु पर्ने हुन्छ । विस्तारै विस्तारै सिकिरहेको छु । मैले अझै मेहनत गर्नुपर्नेछ ।’
उनले क्लबका अर्का नयाँ खेलाडी उसमाने डेम्बेलेले पनि क्लबमा घुलमिल हुन केहि समय लिएको उल्लेख गरे । ‘डेम्बेले उत्कृष्ट खेलाडी हुन् । उनी र म यहाँ फरक पृष्ठभूमिका साथ यो क्लबमा आएका थियौं,’ काउटिन्होले भने, ‘हामीले समयसँगै सिक्दै गयौं र मेहनत गर्यौं । हामी जति सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं ।
गिरोनासँगको खेलमा गोलका लागि लियोनल मेस्सीको सहयोग रहेको बताएका छन् । लिभरपुलबाट बार्सिलोना पुगेपछि कौटिन्होको त्यो दोस्रो गोल थियो । शनिबार बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक र मेस्सीले २ गोल गरेका थिए ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]