default_image

7 years ago

February 25, 2018

एन्फा निर्वाचनका लागि प्रचारसँगै शंका

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व निर्धारित समय अनुसार अबको एक महिनामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार वर्षका लागि नयाँ नेतृत्व पाउनेछ । मनोनयन पत्र दर्ता गरेर दुई खेमा आफ्नो पक्षमा मतदातालाई प्रभावित गराउने प्रयासमा गरिरहेका छन् । दुवैले जिल्ला दौडाहा पनि गरिरहेका छन् ।

karma tshering

कर्मा छिरिङ शर्पा

एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शर्पा अलग अलग टिम बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्ष, ४ उपाध्यक्ष र १२ सदस्य गरेर १७ सदस्यीय समितिको चयन चैत १४ गते हुने एन्फा निर्वाचनले गर्नेछ । विवादित तीन जिल्ला (भक्तपुर, नवलपरासी र मकवानपुर) तथा खेलाडी समिति बाहेक एन्फाका सबै सदस्य संस्थामा निर्वाचन भइसकेको छ ।

तर, शेर्पा समूहले आइतबार अन्तरक्रिया आयोजना गर्दै निर्वाचन हुनेमा शंका व्यक्त गरेको छ । अध्यक्षका प्रत्यासी शेर्पाले भने, ‘विभिन्न कारण देखाउदै एन्फाको निर्वाचन चारपटकसम्म सारिएको छ । यसपटक पनि चुनाव सार्ने षड्यन्त्र भएको भैरहेको छ ।’ निर्वाचन आचारसंहिता लागु नहुनुले पनि निर्वाचन हुनेमा थप शंका गर्ने ठाँउ रहने उल्लेख गर्दै शेर्पाले भने, हामी चैत १४ मै निर्वाचनको पक्षमा छौं । निर्वाचन निर्धारित मितिमै हुनुपर्दछ ।’

शेर्पाले फिफाबाट १० वर्षको प्रतिबन्ध लागेका एन्फा पूर्व अध्यक्ष गणेश थापा निर्वाचनका विषयलाई लिएर शक्ति केन्द्र धाउने गरेको आरोप लगाउँदै आफुहरुलाई त्यसले फरक नपर्ने बताए । शेर्पाले एन्फाले निर्वाचनको समयमा फिफा फरवार्ड प्रोजेक्टबाट आएको ३ करोड रकम ‘ए’ डिभिजन क्लबलाई २५–२५ लाखका दरले बाड्ने तयारी भइरहेको आरोप लगाए ।

‘हामीलाई अहिले कुनै आपत्ति छैन । तर, निर्वाचन समयमै हुनुपर्ने हाम्रो माग हो ’ शेर्पाले भने, ‘पराजित हुने अवस्था आएर निर्वाचन सार्ने षड्यन्त्र रचिएको हुनुपर्दछ । यो हामीलाई मान्य हुनेछैन ।’आफ्नो प्यानल जित्ने निकै विश्वस्त देखिएका शेर्पाले आफ्नो समूह जिते तीन महिनामै फुटबललाई आमुल परिवर्तन गरिने दोहोराउँदै परिवर्तन गर्न नसके पद ओगटेर नबस्ने बताए ।

‘हामीसँग मताधिकार ७७ सदस्य संस्थाका प्रतिनिधि छन् । अर्को टोलीमा कसैको सहारामा केन्द्रमा आएकाहरुको हावी छ । कर्मको फल खाने हामी जित नजिक छौं ’ शेर्पाले थपे ‘केही तत्वहरुले नेपाली फुटबललाई सिध्याइसकेको छ ।

अध्यक्षमा शेर्पा र कुवरको मात्र उम्मेदवारी परेको छ । चार उपाध्यक्ष पदको लागि ११ जनाको उमेदवारी परेको छ । ११ सदस्य पदको लागि ३५ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । एक महिला सदस्य पदको लागि दुई जनाको उमेदवारी परेको छ । निर्वाचित कार्यसमितिले महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ ।

एन्फाका ४५ सदस्य जिल्लाबाट १/१ जना, १४ ए डिभिजन क्लबबाट समान १ , बी डिभिजनमध्ये बाट ९, सी डिभिजनमध्ये बाट ५ जना तथा ४ समिति (खेलाडी, प्रशिक्षक, महिला र रेफ्री) समितिबाट १/१ गरि ७७ जनाले एन्फा निर्वाचनमा मतदात गर्नेछन् ।

February 7, 2025

‘बी’ डिभिजन लिग ३ महिना चल्ने

काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]

February 7, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार फाइनलमा

हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]

February 7, 2025

संकटालाई हराउँदै थन्डरबोल्ट आहा राराको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]

Success

Thank you for your time.