7 years ago
February 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बेलायती सेना (पूर्व र कार्यरत) नेपालीहरुको संस्था एफसी केन्ट गोर्खा भेट्रान युकेका केहि सदस्यको टोली यति बेला स्वदेश भ्रमणमा रहेको छ । गोर्खा वेयलफेयर ट्रष्ट फन्डको सहयोगार्थ एएफसी केन्ट गोर्खा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने योजनाका साथ नेपाल आएको हो ।
काठमाडौंको सिसीआरी अनाथल र पोखराको सहारा क्लबको एकेडेमीलाई सहयोग गर्ने उद्देश्यका साथ गोर्खा भेट्रान टोली नेपाल आएको टोलीका प्रशिक्षक एवंम् व्यवस्थापक लोकप्रसाद लिम्बुले जानकारी दिए ।
पहिलो मैत्रीपूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार केन्ट गोर्खा र नेपाल स्पोर्टस् सेन्टरबीच आयोजना भएको थियो । जसमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्यको नेतृत्वमा रहेको नेसनल स्पोर्टस् सेन्टरले केन्ट गोर्खालाई टाइब्रेकरमा ५–३ ले हराएको थियो । नेसनल स्पोर्टस्बाट पूर्व खेलाडीका साथै कलाकार धिरेन शाक्य, खेलकुद पत्रकार पनि खेलेका थिए ।
८० मिनेटको खेल ४–४ को बराबरीपछि पेनाल्टीमा नेसनल स्पोर्टस् विजयी भएको थियो । नियमित समयमा नेसनल स्पोर्टसका लागि राष्ट्रिय टोलीका पूर्व गोलकिपर सुरेन्द्र श्रेष्ठले ह्याट्रिक गरे भने अर्का राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रदीप महर्जनले १ गोल गरे ।
गोर्खा भेट्रानका लागि विशाल राईले २, हेमकर्ण राई र चोक गुरुङले १ गोल गरे । पेनाल्टीमा नेसनल स्पोर्टसका लागि राजुकाजी शाक्य, सन्देश श्रेष्ठ, बासु अवाल र सनोज श्रेष्ठले गोल गरे । गोर्खा भेट्रानका लागि राजेन्द्र नेम्बाङ, विशाल राई र हेमकर्ण राईले मात्र गोल गर्न सके ।
गोर्खा भेट्रान टोलीले शनिबार पोखरामा सहारा क्लबको भेट्रान टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने प्रशिक्षक लिम्बुले जानकारी दिए । ‘पहिलो काठमाडौंको सिसिआरसी अनाथालय त्यसपछि सहारा क्लबलाई सहयोग गर्ने हाम्रो लक्ष्य हो,’ लिम्बुले भने, ‘त्यसपछि पनि सम्भव भयो भने हामी काठमाडौंका अन्य अनाथालयलाई सहयोग गर्नेछौं । खासमा अनाथ युवालाई सहयोग गर्ने हाम्रो उद्देश्य हो ।’
तस्बिरमा गोर्खा वेलयर फेयर ट्रष्टको सहयोगार्थ नेपाल भ्रमणमा रहेका एफसी केन्ट गोर्खा भेट्रान युकेका सदस्य ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]