7 years ago
February 24, 2018
विनोदबाबु रिजाल
चितवन – साविक विजेता संकटा क्लबलाई पाखा लगाउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब नारायणगढमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा संकटालाई ३–२ गोलले पछि पार्दै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफका लागि म्यान अफ दी म्याच विकु लामाले दुई र रुपबहादुर लामाले एक गोल गरे । उत्कृष्ट प्रदर्शन गरेर दुई गोल गरेपनि कर्ण लिम्बुले संकटाको हार टार्न सकेनन् । संकटा १२ औं संस्करणको रनिङ शिल्ड विजेता हो ।
पहिलो हाफमा एपीएफलाई राम्रै दबाबमा राखेको संकटाका लागि २१ औं मिनेटमा कर्ण लिम्बुले खाता खोले । लगत्तै २३ औं मिनेटमा पनि वान भर्सेस वानमा कर्णले गोल गरेपनि रेफ्रीले अफसाइड देखाइदिए । त्यसको ९ मिनेटपछि खेलको ३२ औं मिनेटमा नवीन लामाको सुन्दर क्रसमा रुपबहादुरको गोलबाट एपीएफले खेललाई बराबरीमा ल्यायो ।
त्यसपछि आक्रामक बनेको एपीएफले पहिलो हाफमा केही सुन्दर अवसर सिर्जना गरेपनि थप गोल भने हुन सकेन । पहिलो हाफको इञ्ज्युरी समयमा एपीएफका नवीन लामाले वान भर्सेस वानमा गोल गर्ने सुन्दर मौका गुमाए ।
दोस्रो हाफको १८ औं मिनेटमा एपीएफका विकु लामाले किपरलाई विट गरेर अघि बढेको बलमा सहज गोल गरे । त्यसपछि ३९ औं मिनेटमा सन्तोष लामाको लामो क्रसमा फेरि विकुले नै गोल गरेपछि खेल ३–१ को अवस्था पुग्यो । दोस्रो हाफको इञ्ज्युरी समयमा संकटाका कर्ण लिम्बुलाई डिबक्स नजिकै लडाएपछि पाएको फ्रीकिकमा आकर्षक गोल गर्दै संकटाले खेल ३–२ को अवस्थामा पुर्याए ।
म्यान अफ दी म्याच बनेका विकुले १० हजार पाए । एपीएफ सेमिफाइनल पुग्ने पहिलो टिम हो । प्रतियोगितामा आइतबार मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिसको सामना गर्नेछ ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]